शनिबार , बैसाख ८, २०८१

माले (माल्दिभ्स)

साफ च्याम्पियन सिप २०२१ को फाइनल शनिबार नेपाल र भारतबीच हुँदैछ र त्यसका लागि नेपाली टिम घोषणा गरिएको छ ।

खेल स्थानीय समय अनुसार राति आठ बजे (नेपाली समय अनुसार राति ८:४५) सुरु हुनेछ ।

त्यस अनुसार सुरुवाति टिममा कप्तान तथा गोलरक्षक किरण लिम्बूसँगै दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र रोहित चन्द छन् ।

फाइनलका लागि दुवै टिमका खेलाडी टेक्निकल एरिया प्रवेशमा प्रवेशबाट प्रतिबन्धको अवस्थामा छन् । यस्तामा नेपालका अब्दुल्लाह अल्मुताइरी र भारतका इगोर स्टिमक दुवै नेसनल स्टेडियम आएका छन्, तर उनीहरूले दर्शकदीर्घाबाट खेल हेर्नेछन् ।

भारतले १२ औं पल्ट साफ च्याम्पियनसिपको फाइनल खेल्दैछ भने नेपालले प्रतियोगिताको इतिहासमा उपाधिका लागि भिड्न लागेको यो पहिलो पल्ट हो । यो खबर कान्तिपुरबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय