बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले दसैंको टीका ग्रहण गरेका छन्। उनले महाराजगञ्ज स्थित अमेरिकी दूतावासमा टीका ग्रहण गरेका हुन्।

राजदूत बेरीले दूतावासमा मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्। आफूले टीका ग्रहण गरेपछि उनले बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिएका छन्।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको थियो। तर साइत नकुर्नेहरूले भने बिहानैदेखि टीका लगाइरहेका छन्।

नवरात्रको पहिलो दिन घटस्था पनादेखि सुरु हुने दसैंको आज विशेष तथा प्रमुख दिन हो। आज मान्यजनबाट आशीर्वादसहित टीका तथा जमरा लगाउने चलन रहेको छ। टीका कोजग्रत पूर्णिमासम्म लगाउने चलन रहेको छ।

यो पनि,नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दशैंको उपलक्ष्यमा नेपालीहरुलाई शुभकामना व्यक्त गरेकी छन् ।

उनले दूतावासस्थित नेपाली सहकर्मीहरुसँग टीका लगाएर दसैं मनाउँदै गरेको तस्बिरसमेत उनले सार्वजनिक गरेकी छन् ।

विजया दशमीको दिन ट्वीटरमा टीका जमरा सहितको तस्बिर पोस्ट गर्दै उनले लेखेकी छन्, ‘मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु।’


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय