शुक्रबार , बैसाख ७, २०८१

पहिले खबर पुर्वराजाको ,

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

शाहका स्वकीय सचिव फणि पाठकका अनुसार पूर्व राजाले अष्‍टमीको दिन शक्ति पीठहरुको दर्शन पनि गर्ने छैनन् ।

कोरोनाका कारण पूर्वराजाले यस्तो निर्णय लिएका हुन् । यसअघि विगत वर्षहरुमा पूर्व राजाले शक्ति पीठहरुको दर्शन गर्ने र सर्वसाधारणलाई टीका लगाइदिने गरेका थिए ।

यस्तै यता नेकपा (एमलो) का अध्यक्ष केपी शर्मा ओलीले यो वर्षको दसैंमा टिका नलगाउने घोषणा गरेका छन् । धार्मीक हिसावले उनले यो वर्षको दसैंको टिका लगाउन नहुने भएको छ।

उनको भाईको निधन भएका कारण यो वर्षको दसैंको टिका लगाउन नहुने भएको हाृ । ओलीले टिका नलगाउने घोषणा गरेको उनको सचिवालयले जनाएको छ ।

तर, पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भने उनले शुभकामना आदानप्रदान गरिरहेका छन् । पार्टीले आयोजना गरेका दसैंलक्षित शुभकामना कार्यक्रममा भने उनी सरिक भएका छन् ।

अध्यक्ष ओली दसैं नमनाए पनि नवमीको दिन भोलि (बिहीबार) भने आफ्नो गृहजिल्ला झापा जाने कार्यक्रम रहेको छ । ९० वर्ष भन्दा माथि उमेरका उनका बुवा झापामा छन् । पारिवारीक भेटघाट हुने भएकाले ओली झापा जान लागेका हुन् । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय