शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिती,

चर्चित वामपन्थी नेतृ रामकुमारी झाँक्रीले देउवा नेतृत्वको सरकारमा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।

प्रधानमन्त्री देउवाले आफ्नो क्याविनेट बिस्तार गर्दै आज झाक्रीलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

विंस २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीको कोखबाट जन्मिएको झाक्री ०६५ सालमा तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरा महाधिवेसनबाट उनी अध्यक्ष चुनिएकी थिइन ।

उनी कक्षा ७ मा पढ्दादेखि नै अखिलको विद्यार्थी राजनीतिसँग नजिकिएकी थिइन । केही समयपछि नै विद्यालयमा अखिल प्रारम्भिक कमिटी सदस्य चयन भएकी झाक्रीले १८ बर्षपछि ०६५ सालमा राष्ट्रिय अध्यक्ष भएर रेकर्ड ब्रेक गरिन ।अखिलको पहिलो महिला अध्यक्ष चुनिएर ।

२०६१ सालमा राजाले सैनिक कुमार्फत सत्ता हातमा लिँदा उनी सडकमा निस्किइन् । त्यो समय राजतन्त्रको विरुद्धमा बोल्न मुस्किल थियो र चूनौतीपूर्ण । राजतन्त्र विरोधी मोर्चा सुरुमा युवा र विद्यार्थीले नै सम्हाले। त्यो मोर्चाको अग्रस्थानमा थिइन् झाक्री।

पुलीसको निर्मम ल’ठ्ठी झा’क्रीको टाउ’कोमा ब’ज्रियो । टाउ’को फु’ट्यो’। र’गतको धारो बगाइन्,झा’क्रीले ‘राजतन्त्र फा’ल्नकै निम्ति । र गणत’न्त्र प्राप्ति पछि उनी प्रतिनिधि’सभामा रामकुमारी झाँक्री नेपाल कम्युनिष्ट पार्टी नेकपाको समानुपातिक तर्फबाट सांसद् थिइन्।

नेतृ भाक्रीले मानविकीमा स्नातकोत्तर र का’नूनमा स्नातक तहसम्मको अध्ययन पूरा गरेकी छन् । २०७५ मा नेकपाको केन्द्रीय सदस्य भएकी उनी ७७ साल पुस ५ र ७८ साल जेठ सातमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बि’घटन गरेसँगै सो कदमको ख’रो आलोच’क बनिन ।

गोर्खामा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीविरु’द्ध प्रयोग गरेको शव्दका कारण ओली सरकारलाई उनलाई प’क्राउ गरेको थियो तर चौतर्फी विरोध पछि प्रह’रीले उनका पति पशुपति पुरीको रोह’बरमा रि’हा गरेको थियो ।

यी चर्चित नेतृका पति पुरी नेपाल सरकारका जागिरे हुन् । पशुपति र रामकुमारी बीचको ५ बर्षे लामो प्रेम सम्बन्धलाई विवाहमा रुपान्तरण गरेका थिए । उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरेकी हुन्। पुरी अहिले भौतिक पूर्वाधार मन्त्रालयको उपसचिवको रुपमा कार्यरत छन् । साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय