बिहिबार , बैसाख ६, २०८१

नेपाली राजनिती,

काठमाडौं । सरकारका एक जना मन्त्रीले अब पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने बताएका छन् ।

उनले अहिलेको राजनीतिको केन्द्रविन्दुमा प्रचण्ड रहेको उनको दावी छ । नवनियुक्त शिक्षामन्त्री देवेन्द्र पौडेलले यस्तो खुलासा गरेका हुन् । उनले अहिलेको सरकारले विपन्न वर्गको लागि केही गर्ने योजना बनाएको बताएका छन् ।

तर, जनतालाई जुन प्रकारले सेवा प्रवाह गर्नुपर्ने थियो त्यो तरिकाले काम भने नभएको उनको स्विकारोक्ति छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।उनले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्न र चूनौति सामना गर्नको लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने भनेर आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भनेको सुनाए ।

उनले वर्तमान पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जानसक्ने पनि सुनाए । आफूहरु प्रणालीको रक्षाको लागि लागिपरेको पनि पौडेलको भनाई छ ।उनले चीनले नेपाललाई नाकाबन्दी लगाएको भन्नु गलत भएको टिप्पणी गरे ।

उनले को’भिडको कारण नाकामा सहज अवस्था नहुँदैमा चीनले नाकाब’न्दी लगाएको भन्नु विल्कुलै ग’लत भएको पनि स्पष्ट पारे ।उनले चीनसँग नेपालको सम्बन्ध सुमधुर र प्रगाढ रहेको सुनाए । उनले आफ्नो पार्टीका अध्यक्ष प्रचण्ड अब नेपाली राजनीतिमा फेरि प्रधानमन्त्री बन्न सक्दैन भन्नु झु ठो कुरा भएको पनि सुनाए ।

उनले माओवादी केन्द्र पार्टी समाप्त भयो भन्नेले अर्को निर्वाचनसम्म कुर्नुपर्ने पनि सुझाव दिए । उनले अहिले पार्टी चलायमान भएको पनि सुनाए ।

उनले प्रचण्ड नै यो देशको राजनीतिको परिचालक भएकोे आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने पनि ठोकुवा गरे । यो खबर ताजा खबरमा छ । यस्तै यतानेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका सभापति एमं प्रधानमन्त्री शेरबहादुर देउवा ओलीले भन्दा नराम्रो कार्य गर्न थालेको आरोप लगाएका छन ।

सत्ता र शक्तिको लो’भमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई यो हाल’तमा पुर्‍याएको आ’रोप लगाएका छन् ।

नेपाली कांग्रेस भरतपुर नगरसमितिले सोमाबार आयोजना गरेको विजया दशमी तथा तिहारको शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा बोल्दै पौडेलले पार्टी सभापति देउवाले सत्ता, शक्ति र पदको लो’भमा अरु केहि नदेखेको बताए ।

‘स’त्ता र पदभन्दा अरु केही पनि नदेख्ने । जे मन लाग्यो त्यही गरेर आज पार्टीलाई यो हालतमा पुर्‍याइएको छ’, उनले भने । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले आफ्नै निर्णय पटकपटक फिर्ता लिएर तमासा देखाएको पौडेलले बताए ।

‘निर्णय गरेर फिर्ता लिने कुन त’मासा हो रु कांग्रेसको इज्जत कहाँ पुगेको छ रु प्रति’ष्ठा कहाँ पुगेको छ रु कांग्रेसको इज्जत र प्रतिष्ठामा खेल’वाड गर्न के सभापतिलाई अधिकार छ रु’, उनले प्रश्न गरे ।

देउवाले केपी ओलीकै शैलीमा पार्टी फुटाउने अ’ध्यादेश फिर्ता लिएको र प्रधानन्यायाधीसको कोटामा नियुक्त मन्त्रीको नियुक्ति फिर्ता लिएको उनले बताए ।

आज निर्णय गरेर भोलि फिर्ता गर्नुपर्ने कांग्रेस आफुले नचा’हेको उनले बताए । कांग्रेसले आफ्ना कार्यकर्तालाई हँसिय हथौडा र सूर्यमा भोट हाल भनेर भन्न नपरोस् भन्ने आफुले चाहेको उनको भनाइ थियो । ‘सबै कांग्रेस कार्यकर्ताले रुख चिह्नमा भोट हाल्न पाउन । त्यो कांग्रेस हामीलाई चाहिएको हो’, उनले भने ।

‘अहिले तपाईंहरूले भन्नुभयो, कहिले सूर्यमा भोट हाल्नुपर्ने । कहिले हँसिया हथौडामा भोट हाल्नुपर्ने । कहिले हलोमा भोट हाल्नुपर्ने । यो ‘बिडम्बना कहाँबाट सुरु भयो ? साथीहरुलाई भन्न चाहान्छु, १३औँ महाधिबेशनको ग’ल्तिबाट आज यो अवस्थामा गुज्रि’एको हो कि होइन रु’, उनले पुनः प्रश्न गरे ।

आगामी १४औँ महाधिबेशनमा कार्यकर्ताले नेताहरुको उचित मूल्यांकन गर्नुपर्ने बताए । वर्तमान नेतृत्वले कांग्रेसलाई विच’लित गर्ने र कार्यकर्तालाई गैरकांग्रेसी चरित्रतर्फ ध’केल्ने प्रयास गरेको बताउँदै उनले देशमा अझै पनि लोकतन्त्रको सुनिश्चितता नभएको बताए ।

‘अझै पनि लोकतन्त्रको सुनिश्चि’तता भएको छैन । १५ वर्षअघि राष्ट्रपतिमा न’थन्किने भनेर गरेको निर्णय अहिले आएर सहि सावित भएको छ । अझै लडा’इँ ल’ड्न’ जरुरी छ’, उनले भने । सही नेतृत्व छान्नका लागि कार्यकर्ता सामु परीक्षाको घडी आइपुगेको उनले बताए । यो खबर दैनिक न्युज नेपाल मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय