बिहिबार , चैत्र १५, २०८०

काठमान्डौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी एक मात्र राष्ट्रिय शक्तिको रुपमा उदाउने दाबी गर्नु भएको छ ।

भक्तपुरमा आयोजित विस्तारित बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले पहिलो प्राथमिकता आगामी निर्वाचनमा गठबन्धन सँगै मिलेर जाने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरमा संशोधनवादी पार्टीका ड’न भनाउँदा एकजना भएको बताउँदै त्यसलाई ०६४ /०६५ सालतिर हाम्रा पर्टीका कार्यकर्ताले विभिन्न ठाउँमा लखेटे’को सम्झदै अव त्यसलाई भक्तपुरबाट लखे’ट्ने बताएका छन ।

जा’ली फ’टाहाहरुलाई जिल्ला हुँदै देशबाट लखे’ट्नु पर्ने अभियान भक्तपुरले सुरु गर्नु पर्नेमा पनि जोड दिएका छन ।

भक्तपुरमा आयोजित विस्तारित बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले पहिलो प्राथमिकता आगामी निर्वाचनमा गठबन्ध’नसंगै मिलेर जाने बताउँदै त्यसो नभएको खण्डमा पनि पार्टी पहिलो स्थानमा आउने र माओवादी के’न्द्र एक मात्र राष्ट्रिय श’क्तिको रुपमा उदाउ’ने दाबी गरेका छन ।

संविधान र लोकतान्त्रिक गणतन्त्रमा उभिएका दलहरुबीच एकताको अपरि’हार्य रहेको भन्दै आगामी निर्वाचनसम्म यहि गठब’न्धनसंगै भएर निर्वाचनमा जाने आपसी समझदारी रहेको खुलासा गरेका छन ।

केपी ओलीप्रवृत्ति २०४७ सालको संविधानमै फर्कने चाहेको बताउँदै प्रचण्डले आफूहरुले कम्युनिष्ट एकता चाहँदा चाहँदै पनि आन्तरिक र बाह्य शक्ति’को चल’खेलका कारण पार्टी विभाजन भएको बताएका छन।यो खबर दैनिक न्युज नेपाल मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय