मंगलबार , चैत्र ६, २०८०

काठमाडाैं ।

सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै सामुदायिक विद्यालयका शिक्षक र प्रदेश र स्थानीय तहका कर्मचारीका लागि सो तलबमान लागू हुने बैठक पछि कानुन, न्याय तथा संसदीय ममिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो ।

बजेटमा २ हजार रुपैयाँका दरले वृद्धि साउन १ गतेदेखि माध्यमिक तह ए ग्रेडकाे शिक्षककाे तलब अब ५९ हजार २ सय ५६ रूपैयाँ पुगेकाे छ । द्वितीय श्रेणीकाे शिक्षककाे तलब ५३ हजार ६ सय ८४ रूपैयाँ पुगेकाे छ शुरू तलव स्केल भने ४२ हजार ३ सय ८० रूपैयाँ हुन्छ ।

मा वि तह कै तृतीय श्रेणीकाे शिक्षककाे शुरू तलव स्केत ३७ हजार ९ सय ९० र जम्मा तलव ४८ हजार १ सय २६ हुन्छ ।कति हुन्छ नेपालमा सरकारी शिक्षककाे तलब ? नयाँ तलब स्केल सूचीसहित

त्यस्तै निमावि तह प्रथम श्रेणीकाे तलव ५० हजार ५ सय २० हुन्छ भने शुरू तलब ३९ हजार ८ सय रहेकाे छ । द्वितीय श्रेणीका शिक्षककाे तलब ४८ हजार१ सय २६ शुरूकाे तलब स्केल ३७ हजार ९ सय ९० हुन्छ ।निमावि तह कै तृतीय श्रेणीकाे शिक्षककाे अब नयाँ तलब ३८ हजार २ सय ५६ हुन्छ भने शुरू तलब स्केल ३० हजार २ सय हुन्छ ।

प्रावि तहमा प्रथम श्रेणीका शिक्षककाे अबकाे तलब ४८ हजार १ सय २६ हुन्छ । एसएलसी उतीर्ण तृतीय श्रेणी शुरू तलब स्केल २८ हजार ६ सय १० रूपैयाँ हुन्छ । शिक्षक तलब बारेकाे विस्तृत तलकाे तालिका प्रस्तुत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय