काठमाडौं ।

संसद विघटन पछि राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको खरो आ’लोचक बनेपछि नेपाली रानजीतिमा विशेष चर्चामा रहिन् तत्कालीन नेकपा एमालेकी सांसद अहिलेकी नेकपा एसकी सांसद तथा नेतृ रामकुमारी झाँक्री ।

यसक्रममा उनले आ’लोचकहरु मात्रै होइन, धेरै समर्थकहरुसमेत कमाएकी छिन् ।

गतवर्ष राष्ट्रपति विद्यादेवी भण्डारीवि’रुद्ध दिएको अभिव्य’क्तिका कारण तत्कालिन ओली सरकारको समयमा प्रहरीको पक्रा’उमा परेकी नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले शुक्रबार राष्ट्रपति भण्डारीबाटै सहरी विकास मन्त्रीका लागि सपथ खाएकी छिन् ।

राजनीति खेल हो । जसलाई पदीय जिम्मेवारी भन्दा तल झरे’र उनले आ’क्षेपहरु लगाइन्, आज उनै राष्ट्रपतिबाट उनले सपथ लिनुपरेको छ ।झाँक्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपतिले सहरी विकास मन्त्रीमा नियुक्त गरेकी हुन् ।

विद्यार्थी राजनीतिबाट उदाएकी युवा नेतृ रामकुमारी झाँक्री कम्युनिष्ट पार्टीमा एक जुझारु र प्रभावशाली युवा नेतृका रुपमा चिनिन्छिन् ।

अनेरास्व’वियूको राजनीतिदेखि नै तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल समूहसँग निकट रहेकी झाँक्री प्रति’निधि सभा विघ’टनविरु’द्धको ल’डाइँमा सश’क्त रूपमा आवाज उठाउनेमा पर्छिन् ।तत्कालिन नेकपा रहँदा र सर्वोच्चको फै’सलापछि पुर्ववत पार्टी एमालेमा आउँदासम्म पार्टी अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीविरु’द्ध शसक्त सडकमा गर्जिनेमा झाँ’क्री एक हुन् ।

उनले ओलीको मति’यारको रुपमा राष्ट्रपति भण्डारीमाथि पनि निकै वि’वादा’स्पद भाषण गरेकी थिइन ।गतवर्ष गोर्खाको सिरानचोकमा आयोजित आमसभामा गरेको उनको भाष’ण वि’वा’दास्पद बन्यो । जसमा झाक्रीले राष्ट्रपतिलाई बडा’म’हारानी भनेर सम्बोधन गर्दै उनले शीतल निवासको सुख–सुविधा छाडेर निर्वाचनको मैदानमा आउन आह्वान गरेकी थिइन् ।

उनले शीतल निवास छाडेर बालकोट नै गएपनि हुन्छ भनेर दिएको अभिव्यक्ति’का कारण तत्कालिन ओली सरकार क्रु’द्ध बनेको थियो । उनले राष्ट्रपतिमाथि मदन भण्डारीको आडमा राजनीतिमा सफलता चुमे’को पटक पटक आरो’प लगाएकी छिन् । उनको आ’क्रोश यति सम्म थियो कि उनले विध’वा ना’रीको स्वा’भिमान माथि समेत प्र’हार गरेकी थिइन ।

जसका कारण उनी ‘प्रह’री पक्रा’उमापनि परिन् । यद्यपि उनलाई सोहीदिन रि’हा गरियो ।तर त्यसपछि पनि झाँक्रिले राष्ट्रपतिको आलोच’ना गर्न छाडिनन् । उनले एमालेका पूर्व महासचिव मदन भण्डारीको निधनपछि सेतो सारी बेच्ने काम गल’त भएको बताएकी थिइन् ।’

यद्यपि उनले कोही व्यक्ति विशेषको नभएर राष्ट्रपति संस्था र उक्त पदको मर्या’दा च्यू’त भएको सम्बन्धमामात्र आफूले आ’पत्ति गरेको बताएकी थिइन् । तर आज उनै देउवा नेतृत्वको सरकारमा उनै राष्ट्रपतिबाट झाँक्रीले मन्त्रीको सपथ खाएकी छिन् ।२०३५ साल जेठ १० गते गुल्मीको मदाने गाउँपालिकामा जन्मिएकी मन्त्री झाँक्रीको हालको ठेगाना शंखमुल काठमाडौं हो ।

उनको परिवारमा श्रीमान र एक छोरा छन् ।उनले मानविकीमा स्नातकोत्तर र कानुनमा स्नातक तहसम्मको अध्ययन गरेकी छिन् ।समानुपातिक निर्वाचन प्रणालीबाट २०७४ सालमा उनी प्रतिनिधि सभा सदस्यमा बनेकी हुन् । २०४७ सालमा पृथ्वी मावि गुल्मीबाट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुँदै उनको विद्यार्थी राजनीति प्रारम्भ भएको हो ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको १९ औं राष्ट्रिय सम्मेलनबाट झाँक्री अध्यक्षमा निर्वाचित भएकी थिइन् ।पार्टीको विभिन्न भूमिकामा रहेर काम गरेकी उनी एमालेको नवौं राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।राजनीतिक आन्दोलनका क्रममा पटक–पटक प्र’हरी हि’रासत तथा थु’नामा परेकी उनले २०६२÷६३ को आ’न्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।

हाल उनी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य हुन् ।एमालेमा रहँदा झाँक्री घनश्याम भुसालको विचार समूहसँग निकट थिइन् । तर, पार्टी विभाजन हुँदा उनले भुसा’लको साथ छाडिन् र माधव नेपाललाई दह्रो साथ दिइन् । यसक्रममा माधव नेपाललाई हात समाते’र डोर्याएको तस्बिरसमेत भाइ’रल बन्यो ।

पहिलोपटक मन्त्री बनेकी झाँक्रीले सरकारमा रहँदा आफ्नो छविलाई कसरी अगाडि बढा’उलिन् भन्ने नयाँ पुस्तामा चासो छ भने आफूलाई अब्बल प्रमाणित गर्न पनि झाँक्रीलाई चुनौती छ ।आफ्नै पार्टी (तत्कालीन सत्तारुढदल नेकपा र एमाले) मा नेतृत्वलाई जब’र्जस्त प्रश्न गर्ने र नेतृत्वले गरेको गल’तीवि’रुद्ध आवाज उठाउने झाँक्रीले सहरी विकास क्षेत्रको सुधारमा नेतृत्वदायी भूमिका पुरा गर्ने अपेक्षा गर्न सकिन्छ ।

तर विधा’यिकामा बसेर कार्यपालिकालाई झक्झा’उने झाँक्री आज आफैं कार्यान्वयन गर्ने निकायको नेतृत्वमा बसेर कामगर्न पक्कै सजिलो छैन ।स’त्ताबाहिर बसेर शा’सक’माथि औंला तेर्स्याउन सजिलो र सत्तामा गएर काम गर्न गाह्रो भन्ने नेपाली राजनीतिमा चलिआएको भनाइ’लाई चिर्नु झाँक्रीको प्रमुख चु’नौती देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय