मंगलबार , चैत्र ६, २०८०

पुरा खबर,

आफ्ना बुबा विरोध खतिवडा स्वास्थ्यमन्त्री बनेपछि पूर्वमिस नेपाल श्रृंखला खतिवडा निकै खुसी भएकी छन्।

हाल अमेरिकामा रहेकी उनले सामाजिक सञ्जालमार्फत बुबालाई बधाई तथा सफलताकाे शुभकामना दिँदै अपेक्षा पनि व्यक्त गरेकी हुन्।

नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाकी छोरी पूर्व मिसनेपाल श्रृंखला खतिवडाले बाबुको अपार ज्ञानले नेपालको स्वास्थ्य क्षेत्रमा कायापलट हुने बताएकी छन् ।

आफ्ना बुबा खतिवडा स्वाथ्यमन्त्री बनेपछि खतिवडाले सामाजिक सञ्जालमा खुसी ब्यक्त गर्दै आफूलाई बाबुको कामले सधै डाहा लाग्ने गरेको बताएकी छन् । हाल अमेरिकामा रहेकी उनले सामाजिक सञ्जालमार्फत बुबालाई बधाई दिएकी हुन्।

‘तपाईंको छोरी हुन पाउँदा म गर्व महसुस गर्छु। जनताको सेवाप्रति तपाईंको समर्पण देखेर म सधैँ अचम्म पर्थे। कहिल्यै ठूलो सपना देख्नुभएन, तर अरूका ठूला सपनाहरू पूरा गरिदिन तपाई खटिएको देख्दा म आफैँलाई पनि कतिपटक डाहा लाग्थ्यो’

, श्रृंखला खतिवडाले लेखेकी छन्, ‘प्यारो बुबा, मलाई आशा छ- अब तपाईं झन् व्यस्त रहनुहुनेछ। तपाईंको अपार ज्ञानले पक्कैको पनि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आउनेछ। उही तपाईंकी प्यारी छोरी तथा शुभचिन्तक!’

‘मिस नेपाल–२०१८’ विजेता श्रृंखला उच्च शिक्षा अध्ययनका सिलसिलामा अहिले अमेरिकामा छिन्। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमालेको उम्मेदवार बनेर मकवानपुर २ बाट सांसदमा निर्वाचित खतिवडा हिजो (शुक्रबार) मात्र नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका हुन्। ​

एमालेबाटै अलग भएर माधव नेपालको नेतृत्वमा गठित एकीकृत समाजवादीले आ​फ्नाे स्थापनाकाे डेढ महिना नपुग्दै शुक्रबार सत्ताराेहण गरेकाे हाे। एकीकृत समाजवादीबाट विरोध खतिवडा स्वास्थ्यमन्त्री, रामकुमारी झाँक्री पर्यटनमन्त्री, प्रेम आले सहरी विकासमन्त्री, तनहुँका किसान श्रेष्ठलाई श्रममन्त्री र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री बनेका हुन्।

स्वास्थ्य मन्त्रालयमा बिचौलियालाई रोक्छुः मन्त्री खतिवडा नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफ्नो मन्त्रालयमा बिचौलियालाई रोकिने बताएका छन् ।रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री खतिवडाले भने, “स्वास्थ्य मन्त्रालयको अहिलको मुख्य प्राथमिकता भनेको खोप, खोप, खोप हो ।

केही महिनाभित्र सबै नेपालीले को’रोनाविरुद्धको खो’प लगाउनमा हाम्रो ध्यान छ ।” उनले चैतभित्र सबै नेपालीले खोप पाइसक्ने सुनिश्चितता भइसकेको पनि बताए । मन्त्री खतिवडाले अवसरको सदुपयोग गरेर बलियो इच्छाशक्तिसाथ स्वास्थ्य मन्त्रालय हाँक्ने अठोट गरेको पनि बताए । उनले बाग्मती र प्रदेश १ को मुख्यमन्त्री चाँडो परिवर्तन हुने दाबी गरे

चारपल्ट चुनाव जितेका खतिवडा बल्ल मन्त्री

विरोध खतिवडा पुनर्गठित सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका छन्। नेकपा एकीकृत समाजवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने चार मन्त्री र एक राज्यमन्त्रीको नेतृत्व गर्दै खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका हुन्।

स्वास्थ्य राज्यमन्त्रीको रूपमा भने भवानीप्रसाद खापुङ भएका छन्। स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रूपमा तानेर प्रधानमन्त्री देउवाले खतिवडालाई स्वास्थ्यमन्त्री बनाएका हुन्।

उनी मकवानपुरबाट प्रतिनिधिसभामा विजयी भएका हुन्। उनी लामो समयदेखि वामपन्थी राजनीतिमा आबद्ध छन्। नेकपा एमालेबाट पटकपटक निर्वाचन जिते पनि उनले मन्त्री बन्ने अवसर पाएका थिएनन्।

नेपाल बारको सदस्य रहेका उनी एमाले लेखा आयोगको सदस्य समेत भएका थिए। २०२८ सालमा अनेरास्ववियूबाट राजनीति सुरु गरी २०३५ मा अनेरास्ववियूका काठमाडौं जिल्ला अध्यक्ष भएका खतिवडा यसअघि मकवानपुरबाट २०४८, २०५१ र २०५६ मा सांसद निर्वाचित भएका थिए।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर २ बाट निर्वाचित खतिवडा हालसम्म मन्त्री भएका थिएनन्। २०१७ सालमा मकवानपुरमा जन्मिएका उनी तत्कालीन व्यवस्थाविरुद्धको आन्दोलनमा १२ पटक जेल र हि रास तमा पुगेका थिए। साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय