शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिती,

क’म्युनिस्ट आचरणबाट नेतृत्वमा पुगेका कुनै पनि नेतालाई भ्रष्टाचार गर्ने छु’ट नभएको पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् ।

नेकपा एकीकृत समाजवादी काभ्रे जिल्ला पार्टी कार्यालयको शुभारम्भ एवं शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भ्रष्टा’चार गर्ने नेतालाई छु’ट नहुने बताएका हुन् ।

‘सत्तरी करो’डको दागले काभ्रेली जनताको शिर निहुर्‍याउने काम भ्रष्टा’चा’रीहरूले गरेका छन्,’ उनले भने, ‘त्यो दाग आगामी निर्वाचनमा मेटा’उनु छ । त्यस्ता भ्रष्टा’चा’रीहरूलाई अब यो मुलुकमा स्थान छैन भन्ने सन्देश निर्वाचन द्वारा गराउनु छ ।’ अबको दिन एकीकृत समाज’वादीको भएको उनले बताए ।

‘ए’मालेका दिन गए । अब एमालेको कल्पना पनि नेपाली जनताले गर्न सक्ने छैनन् । फुर्ती नलगाए हुन्छ । वि’कृ’ति, वि’सं’गति, भ्र’ष्टाचा’र र अ’नियमितता भन्ने शब्द कम्यु’निस्ट पार्टीमा हुन सक्दैन’, अध्यक्ष नेपालले भने । कम्यु’निस्ट पार्टी विचार प्रधान हुने नेता नेपालको भनाइ छ ।

‘विश्व इतिहासलाई कोट्या’उँदा कस्ता–कस्ता बादशाह सत्ताच्युत भएका छन् भने केपी ओली के हो र ! जसले पाठ सिक्दैछ, अह’म्ताले कहाँ पुर्‍याउँछ,’ उनले भने ।

केही दिनमै प्रदेश १ र बागमती प्रदेशको सत्ता पनि गुम्ने बताउँदै उनले यो सबैको कारण ओलीको अहमता भएको बताए । ओलीले विश्व इतिहासमा कम्युनिस्टमाथि कालो धब्बा लगाएको आरोप लगाए । मयुरपाटीबबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय