शुक्रबार , बैसाख ७, २०८१

पुरा खबर,

सन् २०१५ मा रूसको एक सैन्य भवन भत्किँदा रूस्तम नाबिवले आफ्नो दुवै खुट्टा गुमाए।

रसियाली नागरिक उनै रूस्तमले गत शनिबार नेपालमा रहेको ८ हजार मिटर अग्लो मनास्लु शिखर सफल आरोहण गरे।

अहिले रूस्तमलाई विश्वभरबाट मानिसहरूले बधाइ र हौसला दिइरहेका छन्। रूस्तम पनि बधाइको ओइरोले मख्ख छन्।

आफूभित्र आत्मविश्वास भए जुनसुकै काम पनि गर्न सकिने उनी बताउँछन्। हिजो (बिहीबार) रसिया फर्किने तरखरमा रहेका रूस्तमले सेतोपाटीसँग भने, ‘मैले पनि यो काम गर्नसक्छु भनेरै गरेको हो र गरेँ पनि।

त्यसैले म मानिसहरूलाई आफूमा विश्वास गर्नुस् भन्न चाहन्छु। आफूमा विश्वास भयो भने जुनसुकै काम गर्न सकिन्छ। म विश्वलाई पनि यही सन्देश दिन चाहन्छु।’हुन पनि रूस्तमले दुवै खुट्टा गुमाएपछि आफूलाई कहिल्यै कमजोर हुन दिएनन्।

झन् ठूलो आत्मविश्वासका साथ जीवनलाई अगाडि बढाउँदै गए।‘किलर माउन्टेन’ नामले चिनिने ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु रूस्तमको पहिलो हिमाल आरोहण होइन। गत वर्ष नै उनले युरोपको सर्वोच्च शिखर ‘एल्ब्रस’ को सफल आरोहण गरिसकेका छन्।setopati. com बाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय