बिहिबार , बैसाख १३, २०८१

दोहा, कतार,

कतार सरकारले गैरका’नूनी हैसियतमा रहेका नेपालीसहित अवै’धानिक हैसियतमा रहेका विदेशी कामदारलाई कै’द र जरि’वाना नलिई आममा’फी दिने भएको छ ।

कतारमा परिचयपत्र (आईडी) को म्याद सकिएका, वर्क परमिट बिना नै काम गरिरहेका र पारिवारिक भिसाको नियम पालना नगरेका कारणले गैरका’नुनी हैसियतमा पुगेका कामदारलाई सरकारले कै’द र ज’रिवाना बिना नै आममा’फी दिन लागेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।

कतारले २०१५ को कानू’न नं २१ को प्राव’धान अनुसार आप्रवा’सीको निवास प्रवेश र गमनको नियम अन्तर्गत आम’माफीको प्रक्रिया शुरु गरिएको बताएको छ । आममा’फीका लागि सरकारले आगामी अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मको समयसीमा तोकिएको छ ।

आममा’फीका लागि अवैधा’निक हैसि’यतमा रहेका विदेशी कामदारले कतार सर्च एण्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल, अल बक्रा र अल रयान सर्भिस सेन्टरमा र उम सुनैम, मेसाइमिरमा नाम दर्ता गराउनु पर्ने बताएको छ ।

कतारले आप्र’वासी कामदारको अधिकार संरक्षणका लागि श्रम कानूनमा व्यापक रूपमा सुधार गरिरहेको बताउँदै आएको छ । तर कतारमा कार्यरत नेपालीका संस्था तथा स्वयं कामदारहरूले कम्पनीले समयमा भिसा नवीकरण नगरिदिएको, तलब सुविधा नदिएको र कम्पनी बन्द भएका कारण बाध्यतावश कम्पनी छाड्दा गैर’का’नूनी हैसियतले बस्नुपरेको बताएका छन् ।

कतारमा वैधानि’करूपमा झण्डै तीन लाख नेपाली कतारमा कार्यरत रहेको भएपनि अवैधानिक हैसियतले बसेका नेपालीको संख्या एकिन हुन नसकेको कतारस्थित नेपाली दूतावासले बताउँदै आएको छ । तिलु शर्मा पौडेल/मध्यान्ह

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय