बिहिबार , चैत्र १५, २०८०

पुरा खबर,

मेरो घर स्याङ्जाको भीरकोट नगरपालिका हो ।

म वैदेशिक रोजगारीको सिलसिलामा २०६१ सालमा मलेसिया गएको थिएँ । जान त म पनि उज्ज्वल भविष्य र पारिवारिक सुखको बाटो खोज्दै मलेसिया पुगेको थिए ।

स्याङ्जाको भीरकोट नगरपालिका ५ स्थायी ठेगाना भएका कृष्णको वैदेशिक रोजगारीको पि’डा यसरी सुरु हुन्छ । मेरो काम मलेसियाको एक आयल कम्पनीमा थियो । यहाँबाट जाने बेलामा नै म यही कम्पनीमा गएको हुँ ।

तर जे सोचेर गएको थिएँ त्यसो भएन । जे नसोचेको थिएँ त्यही भयो ।काम गर्ने सिलसिला साबुन बनाउनका लागि राखिएको ३० टनको केमिकलको ट्याङ्की भित्र ख’स्न पुगेँ । जसले गर्दा मेरो शरीरको ७२ प्रतिशत शरीरको भाग ज’ल्यो ।

ट्याङ्की केमिकलले भरिएको थियो । त्यही माथि टेकेर काम गर्न पर्थों । काम गरिरहेको थिए । तर त्यसको ढकन कोल्टि यो । अनि म त्यो भित्र ख’सेँ । कम्पनीमा मसँगै काम गर्ने साथी लम्जुङ्गका चन्द्र बहादुर थापाले मलाई उ’द्धार गर्नुभएछ ।

सायद उहाँ नभएको भए मेरो शरीर त्यसै ट्याङ्कीमा ख’रानी हुने थियो । भगवानले उहाँलाई मेरो छेउमा पठाइदिनुभएछ जस्तो लाग्छ अहिले त ।त्यो दुर्घ’टनापछि मेरो मलेसियाकै अस्पतालमा झण्डै ७ महिना उपचार भयो । तर मलाई विदेशी अस्पताल भए पनि त्यहाँको उपचार खास चित्त बुझेन ।

मैले आफ्नै देश फर्किएर उपचार गराउने निधो गरेँ । काठमाण्डौमा आएर टिचिङ अस्पतालमा उपचार गराएँ । मेरो घरमा सबै जनाले खेतीपाती गर्नुहुन्छ । तर पनि हामी आर्थिक हिसाबले असाध्यै कम’जोर होइन । जग्गा जमिन प्रशस्त छ ।

तर म भने देशमा रोजगारीको अवसर नपाएर मलेसिया गएको हुँ । पढेलेखेको पनि हुँ । तर जागिर पाइएन अनि के गरेर बस्नु । त्यसैले हो मैले विदेशको बाटो रोजेको पनि ।तर रोजगारीको आसमा झण्डै ज्यानै गयो ।

केमिकलमा ज’लेका कारण खुट्टाको औँला समेत का’ट्न प¥यो । अहिले पनि मेरो शरीरमा घा’उका खतहरू छन् । पुरै सर्जरी गरियो । लाखौँ रुपैयाँ खर्च भयो तर शरीर पूर्ण रुपमा निको भएन । जान त म पनि कमाउन भनेर नै गएको थिएँ । तर परदेशी भूमिमा टेकेको १८ दिनमै मैले जीवनभरिलाई पुग्ने पी’डामा डुबेँ ।

स्वस्थ मानिस जसरी हिँडडुल गर्न सक्दिनँ । बैसाखीको सहायताले हिँड्छु । स्याङ्जाबाट बसाइसराइ गरी अहिले हामी नवलपरासीको बर्दघाट १० मा बस्छौ । श्रीमती, दुई छोरा र एक छोरी छन् ।

अहिले त बुहारी पनि छन् । शरीर ज’ले पनि मेरो मनलाई परिवारले ठुलो हौसला दियो । मलाई कहिले एक्लो र कम’जोर महसुस हुन दिएनन् । अहिले ४९ वर्षको भएँ । म हुन त पूर्ण रूपमा अ’पाङ्ग हुँ ।

तर राज्यले पहिचान गर्न सकेको छैन । मेरो कुनै परिचयपत्र छैन । मलाई सरकारले कुनै सहयोग उपलब्ध गराएको पनि छैन । तर मेरो साथमा परिवार छ । कमाउँछु, जमाउँछु भनेर प्रयास नगरेको त कहाँ हो र ? तर झण्डै जीवन गयो । त्यसैले म अहिले जे छ त्यसमा खुसी छु । उज्यालो अनलाईन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय