बिहिबार , बैसाख १३, २०८१

काठमाडाै,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनका बाला सङ्कलन गर्ने समूहलाई प्र’हरीले प’क्राउ गरेको छ ।

दुब’ईबाट सुन मगाएर स’ङ्कलन गरेको ३ सय ग्राम सुन महानगरीय प्रहरी परिसरबाट खटिएको प्रह’रीले बरा’मद गरिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट नै प्रह’रीले चितवनमा घर भएकी रेणुका पाठकलाई प’क्राउ गरेको थियो ।

४९ वर्षीय पाठकको साथबाट ५० ग्राम बराबरका ४ वटा सुनका बाला ब’रामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जानकारी दिए ।

हिजो १ सय ग्रामका दुईवटा बाला सहित आज थप ४ जना प’क्राउ गरिएको छ । पक्राउ पर्नेमा भने सिन्धुपाल्चोक घर भएका विवेक बस्नेत,काभ्रेका जीवन लामा, इलामा मिलन यल्मो र रामेछापका रुद्र मगर रहेका छन् । विदेशबाट फर्किँदा भन्सर ऐन अनुसार ५० ग्राम सुनका गहना ल्याउन पाइन्छ ।

सुन स्करहरूले सो प्राव’धानको दुरु’पयोग गरेर विदेशबाट फर्किनेहरूलाई भरिया बनाएर ल्याउने र विमानस्थलमा सङ्कलन गर्ने गरेको पाइन्छ । यो पनि पढनुसकमजोर आर्थिक अवस्था सुधार्न खाडी पुग्नेहरु सुनको कमिसनको लोभमा घर नपुग्दै जे’ल पर्न थालेका छन्। सुन त’स्करहरुले खाडीबाट स्वदेश फर्कने नेपालीहरुलाई सुन नेपाल पुर्‍याइदिए कमिसन दिने गरेका छन् ।

तर सोही अवैध सुन नेपाल ल्याउँदा प्रहरी चेकजाँचमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनीहरु प’क्रा उपर्दै आएका छन्।सुन त’स्करहरुले दुवइ, मलेसिया, कतारमा रहेका नेपालीहरुलाई घर फर्किने बेला सुन नेपाल पुर्‍याइदिए वापत कमिसन दिने गरेको प्रहरी अनुसन्धान बाट खुलेको छ ।

सुन त’स्कर गर्नेहरुले घर फर्किन लागेका नेपालीहरुको खोजी गर्छन् । विमानस्थलमा विभिन्न समयमा काम गरिसकेका प्रहरी अधिकारीहरु भन्छन्,“गरिबीले विदेश गएकाहरु सानो लोभमा पर्छन् । त्यहाँ रहेका त’स्करहरुले बाला, औँठी, सिक्री बनाएर सुन उनीहरु लाई भिराउँछन् ।

काठमाडौंमा त’स्करका एजेन्ट आउँछन् सुन लैजान्छन् । त्यही क्रममा धेरैजसो प’क्रा उ पर्छन् । प’क्रा उ परेपछि कानुनी प्रक्रियामा जाँदा जे’ल समेत जान्छन् ।”

त’स्करहरुले विदेशबाट सुन दिएर पठाउने नेपालीको फोटो, हुलिया सबै विवरण नेपालमा रहेका एजेन्टलाई पठाउँछन् । उनीहरुले भाइबर, ह्वाट्एप लगायतका सामाजिक सञ्जालको प्रयोग गर्दै फोटो सहितको विवरण पठाउँछन् । विमानस्थलमा एजेन्टहरु आउँछन् ।

विमानस्थलबाट बाहिरिने बित्तिकै उनीहरुले सम्पर्क गर्छन् । सुन लिएर जान्छन् आवश्यक कमिसन दिन्छन् । उनीहरुले सुनको मात्रा हेरेर कमिसन दिने गरेको पटक–पटकको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोला तोकिएको मापदण्ड र अ’वैध रुपमा ओसार पोसार भएको सुन सहित प्रहरीले कयौंलाई प’क्रा उ गर्दै आएको बताउँछन् । उनका अनुसार धेरैजसो विदेशबाट काम गरेर स्वदेश फर्किनेहरुले तस्करको सुन बोकेर ल्याउँछन् भने कतिपय गिरोह भिजिट भिसामा गएर त’स्करीमा लागेको समेत पाइएको छ ।

एसएसपी बास्तोला लोभमा परेर अ’वैध कारोबारमा संलग्न नहुन विदेशमा रहेका नेपालीलाई सुझाव दिन्छन् । आइतबार (हिजो) पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट १ सय ४९ दशमलव ५ ग्राम सुनको बाला ३ थान सहित २ जना प’क्रा उ परे ।

प’क्रा उ पर्नेहरुमा भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–७ ठेगाना भएका ३३ वर्षीय समुन्द्र दंगाल र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने संखुवासभा खाँदबारी नगरपालिका–११ ठेगाना भएका ४३ वर्षीय सन्तबिर राई रहेका छन् ।

समुन्द्रले सिंगापुर एयरलाइन्सको उडानद्वारा मलेसियाबाट सिंगापुर हुँदै काठमाडौं आएका यात्रुहरुलाई भन्सार छली गर्न उक्त परिमाणको धातु लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले प’क्रा उ गरेको थियो ।

थप सोधपुछको क्रममा उक्त कार्यमा राई समेतको संलग्नता रहेको भन्ने खुल्न आएपछि राईलाई समेत प्रहरीले प’क्रा उ गरेको हो । आइतबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ५० ग्राम सुन बाला १४ थान र सिक्री १ थान प्रहरीले बरा’मद गरेको छ ।

सिंगापुर र मलेसियाबाट काठमाडौं आएका यात्रुहरुलाई सुन बोकाई भन्सार छली गर्न लगाई काठमाडौं विमानस्थलमा संकलन गर्न लागेको भन्ने सूचनाको आधारमा सो सुन बरा’मद गरेको हो । सो क्रममा प्रहरीले विमान स्थलको विभिन्न स्थानहरुबाट शं’कास्पद १५ जना यात्रुहरुको साथबाट सो सुन बरा’मद गरेको हो।

अनुसन्धानको क्रममा उनीहरुलाई सुनका बाला तथा सिक्री मलेसियाको विमानस्थल र आसपासबाट नामथर स्पष्ट नखुलाएका व्यक्तिहरुले दिई पठाएको र उक्तसामान काठमाडौं विमानस्थल आसपास तथा विभिन्न होटलहरुमा रिसिभ गर्न आउने व्यक्तिलाई दिनु भनेर ल्याएको खुलेको छ ।

बरा’मद सुन जस्तो देखिने धातु तथा पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।

नेपालमा वैध बाटोबाट सुन ल्याउँदा लाग्ने भन्सार शुल्क नपरोस् भनेर सुन त’स्करले त’स्क रीको नयाँ तरिका अपनाउन थालेका हुन् । प्रहरीले विमानस्थलमा दिनुहँ जसो सुन सहित विदेशबाट स्वदेश फर्किएका नेपालीहरुलाई प’क्रा उ गर्दै आएको छ । साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय