बिहिबार , बैसाख ६, २०८१

पुरा खबर,

नवनियुक्त सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले ‘बजेट फ्रिज गरेको सुन्नु नपरोस्’ भनी कर्मचारीहरूलाई निर्देशन दिएकी छन् ।

शुक्रबार पद भार ग्रहणपछि मन्त्री झाँक्रीले सम्पूर्ण क्षम’ता लगाएर काम गर्नुपर्ने भन्दै बजेट फिर्ता पठाउने अवस्था नआओस् भनेकी हुन् ।

‘भन्ने भन्दा धेरै सुन्ने, सुन्नेभन्दा धेरै गर्ने हो । के काम गर्न सकिन्छ गरौं,’ कर्मचारी हरूलाई निर्देशन दिँदै मन्त्री झाँक्रीले भनिन्, ‘सहरी विकास मन्त्रालयले बजेट समर्पण गर्‍यो भन्ने सुन्नु नपरोस् ।’

मन्त्रालयका अधिकारी र मातहतका विभाग तथा आयोजना प्रमुखहरूलाई आफ्नो काम र योजनाबारे लिखितमा ब्रिफिङ गर्न पनि मन्त्री झाँक्रीले निर्देशन दिएकी छन् ।

मन्त्रालयमा बसेर कामको प्रगतिबारे ब्रिफिङ गर्नुभन्दा पनि काम भइरहेका कार्यालयमा नै गएर ब्रिफिङ लिने पनि उनले बताइन् । ‘मन्त्रालयमा हुने ब्रिफिङमा मलाई बुँदागत रूपमा लिखितमा दिनुपर्छ । मन्त्रालयमा ब्रिफि’ङ गर्नुभन्दा पनि काम भइरहेका कार्यालयहरूमा ब्रि’फिङ गर्नुपर्छ, छिटो गर्नुपर्छ,’ उनले भनिन् ।

मन्त्रालयबारे मन्त्रीलाई हुने ब्रिफिङ दसैं अगाडि नै सक्न पनि कर्मचारीहरुलाई झाँ’क्रीको छ । मातहतका प्रत्येक कर्मचारीले आफ्नो क्षम’ताले सक’रात्मक परिणाम निकाल्नका लागि काम गर्नुपर्ने उनको निर्देशन थियो ।

यस्तै मन्त्रालयका योजनाका लागि स्रोतको सुनिश्चितता गर्नुपर्ने मन्त्री झाँक्रीको भनाइ थियो । उनले आयोजनामा रहेका नीतिगत समस्यालाई समाधान गर्न आफूले भूमिका खेल्ने पनि बताएकी छन् ।

‘सहरी विकासमा बाटो, खानेपानी र ढललाई एकै ठाउँमा ल्याएर लैजान खोजेमा अहिले जस्तो विकासको अवधारणा रही नै रहन्छ होला’ उनले भनिन् ‘सहर बस्ने मानिसले धाराबाट पानी खाने अवस्थामा आउने गरी काम गर्नुपर्छ । यसका लागि स्वच्छ पानीसहितको ढल विकास, खानेपानी, बाटो एकीकृत हिसाबले गर्ने गरी पुन: परिभाषित गर्नुपर्ने भएको छ ।’ यो खबर कान्तिपुर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय