बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

बाराको सिमराबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाजको टायरमा हा’वा खु’स्किएको छ ।

काठमाडौंबाट सिमरा पुगेको सो जहाज अ’वतरणपछि पार्किङतिर लैजाने क्रममा टायरको हावा खु’स्किएको हो।

सिमरा विमानस्थल कार्यालयका अनुसार १० बजेर ५३ मिनेटमा अवतरण भएको बुद्ध एयरको उडान नम्बर ५५३ जहाजको टायरको हावा खु’स्किएपछि उडानसमेत डिलाे भएको छ।

बिहान साढे ९ बजे ल्याण्ड हुनुपर्ने जहाज ढिला गरी सिमरा विमानस्थल पुगेको थियो। समस्या आएको जहाज अहिले मर्मतको काम भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। अहिले काठमाडौंबाट अर्को जहाज लगेर यात्रुलाई काठमाडौं ल्याउने तयारी भएको जनाएको छ। नेपालमा जब विमान दु’र्घटना हुन्छ, उडान सुर’क्षामा प्रश्न उठ्छ ।

सरकारले एउटा छानबिन समिति बनाउँछ, समितिले केही समय लगाएर प्रतिवेदन दिन्छ, सकिन्छ । हरेक पटक यही नियति दोहोरिन्छ ।

११ असोजमा बुद्ध एयरको विमान ल्याण्डिङ गिय’रसम्बन्धी सम’स्याका कारण अवतरण हुन सकेन । यस पटक पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति बनाएको छ ।

समितिले नेपालमा सञ्चालनमा रहेका वायुसेवा कम्पनीहरुको भौतिक, यान्त्रि’क तथा अभि’लेखीय अवस्थाको अध्ययन, अवलोकन र अनुस’न्धान गर्ने जिम्मेवारी पाएको छ ।

के छ नेपाली विमानहरुको अवस्था ?समितिले के प्रतिवेदन दिन्छ, अहिले नै अनुमान गर्न हतार हुन्छ । तर नेपाली आकासमा उडिरहेका थुप्रै विमान भने तीन/चार दशक पुरानो भएको पाइएको छ ।

नेपाली आकासमा अहिले उडिरहेका जहाजको आयु केलाउँदा चार दशक अगाडिसम्म पुगिन्छ ।नेपालमा उडान भरिरहेको सबभन्दा पुरानो जहाज हो, तारा एयरको डीएचसी ६/३०० । दुर्गम भेगमा उडान गरिरहेको यो जहाज ५ अपि्रल १९७९ मा बनेको हो ।

नेपाल एयरलाइन्ससँग पनि अर्को पुरानो जहाज छ, ट्वीनअटर डीएचसी-६ । सन् १९८४ मा किनेका यस्ता तीन वटा जहाज छ नेपाल एयरलाइन्ससँग । एउटा उड्न नसक्ने अवस्थामा छ भने अन्य २ वटा जहाज भने अहिले पनि उडानयोग्य अवस्थामा छन् ।

हवाई विज्ञहरुका अनुसार ट्वीनअटर जहाजको आयु ६६ हजार घण्टा वा १ लाख ३२ हजार उडान साइकल हो । यसमधये जुन पहिला पुरा हुन्छ, त्यसपछि जहाज उडानयोग्य अवस्थामा रहँदैन ।

आन्तरिक उडान गर्ने अर्को कम्पनी सीता एयरसँग पनि तीन दशकभन्दा पुरानो जहाज छ ।

डोर्नियरले सन् १९८१ देखि १९९८ को बीचमा कुल २४५ वटा जहाज निर्माण गरेको थियो । सीता एयरसँग त्यही सिरिजमा उत्पादन भएका चार वटा ‘डोर्नियर डीओ-२२८’ जहाज छन् ।

कम्पनीका वरिष्ठ महाप्रवन्धक घनश्याम राज आचार्यका अनुसार सबै जहाजमा आयु (उडान-अवतरणको संख्या र उडान अवधि) तोकिएको छ र त्यो पुरा नभएसम्म चल्छन् । त्यसपछि भने जहाजलाई उडाउन नमिल्ने गरि बिक्रि गरिन्छ वा अन्य प्रयोजनमा प्रयोग गर्नुपर्छ ।

गुण एयरलाइन्ससँग भएको जेटस्ट्रीम जहाज पनि तीन दशक पहिला नै निर्माण भएका हुन् । बि्रटिस एरोस्पेसले सन् १९९२ मा खरीद गरेका यी जहाज यतिले नेपाल भित्राएको हो । यतिबाट हालै खरीद गरेर अहिले गुणले उडाइरहेको छ । गुणले यसअघि सिमि्रक एयरलाइन्सले उडाइरहेका बीच क्राफ्ट १९०० जहाज समेत सन्चालनमा ल्याएको छ । यी मोडेलका जहाज समेत १९८२-२००२ सम्म मात्र भएको हो । त्यसपछि उत्पादन नै बन्द भयो ।

अहिले तारा एयरसँग रहेको डीएचसी–६–४०० वायुयान भने सन २०१६ मा ब्राण्ड न्यू भित्राइएको हो । अर्को नयाँ वायुयान नेपाल एयरलाइन्सले भित्राएका चिनियाँ जहाज हुन् । यी जहाज भने अहिले संचालनमा छैनन् ।

बुद्ध एयरसँग पनि दुई दशक पुराना जहाज बुद्ध एयरसँग पनि साढे २ दशक पुराना जहाज छन्, यो एटीआर ४२ सिरिजको जहाज हो । सबैभन्दा पछिल्लो पुस्तको जहाज भने एटीआर ७२ मा भित्राइएको छ । यो सन् २०१० मा बनेको थियो । यो जहाज बुद्धले यसै वर्ष नेपाल ल्याएको हो । यो खबर अनलाइन खबर बाट साभार गरियको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय