पुरा खबर,

ज्योतिष बिहंगमराज तिमिल्सिनाले देशमा अहिले गणतन्त्रको विकल्प नभएको स्पष्ट पारेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामात्रै नभएर सबै नेताले ज्योतिषशास्त्रलाई विश्वास गर्ने बताए ।

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि ज्योतिष शास्त्रमा विश्वास गर्ने दाबी गरे । उनले देउवापछि मुलुकमा फेरि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भविष्यवाणी गरे ।

उनले भने,‘अहिलेसम्म मैले गरेको भविष्यवाणी सबै भेरिफाईड भएका छन् । सबै पुष्टि भएका छन् । अब शेरबहादुर देउवापछि केपी ओली नै प्रधानमन्त्री हुनुहुन्छ । उहाँ योग्य र शक्तिशाली प्रधानमन्त्री बन्नुहुन्छ ।’

उनले देउवा चुनाव लडे पार्टीको सभापतिमा विजयी हुने दाबी गरे । माधव नेपालको भविष्य भने कमजोर रहेको उनको दाबी छ । त्यस्तै, उनले पूर्वराजा ज्ञानेन्द्र शाह तत्काल जनताले आईदिनुपर्यो भनेपनि शाह आउने अवस्था नरहेको जिकिर गरे ।

उनले नेपाल हिन्दूराष्ट्र बन्नुको विकल्प नभएको उल्लेख गर्दै भविष्यमा नेपाल हिन्दूराष्ट्र हुने पनि दाबी गरे । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री देउवाबीचको रसायन पनि मिल्ने जिकिर गरे ।

यो खबर पाथिभरा डटकम मा छ । यस्ते अर्को खबरमा नेकपा एकीकृत समाजवादीले चर्चित नेतृ रामकुमारी झाँक्रीलाई मन्त्री नै नबनाउने ष’डय’न्त्र अघि बढाएको छ ।

अध्यक्ष माधवकुमार नेपालले पार्टी चलाउन फण्ड आवश्यक पर्ने र सो ब्यवस्थापन गर्नेहरुलाई सरकारमा पठाउने योजनासहित रामकुमारीलाई मन्त्रीबाटै बञ्चित गराउने खेल सुरु गर्नुभएको नेकपा एकका एक नेताले जनताटाइम्सलाई बताए ।

ती नेताका अनुसार माधवले योजनाव’द्ध रुपमा रामकुमारीलाई रोक्न बिरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने निर्णय सुनाउनु भएको छ भने झाँ’क्रीलाई मन्त्री नै नबनाउने योजना छ ।

ती नेताले जनता टाइम्सलाई दिएको जानकारी अनुसार माधवले मन्त्रीको नाम टुंगो लागेको भन्दै रामकुमारीलाई उपसभा मुखमा थन्क्या”उने बताउनु भएको छ ।

स्रोतका अनुसार अध्यक्ष माधवले बिरोध खतिवडा, मेटमणी चौधरी, प्रेम आले, जीवनराम श्रेष्ठलाई मन्त्री र किशान श्रेष्ठलाई राज्यमन्त्री बनाउने निर्णयमा आफू पुगेको जानकारी दिनुभएको छ ।

नेकपा एसलाई सहरी विकास, पर्यटन, श्रम र युवा तथा खेलकुद मन्त्रालय दिने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय