बिहिबार , बैसाख ६, २०८१

पुरा खबर

काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एअरको जहाज सुर्खेत विमानस्थलमा अव’तरण भएको छ।

मौस’म ख’राबीले नेपालगञ्ज डाइभर्ट भएको उक्त जहाज अाज बिहान सुर्खेत विमानस्थलमा अव’तरण भएको हो।

बुधबार बिहान ८ बजेर १ मिनेटमा त्रिभुवन विमानस्थलबाट सुर्खेका लागि यु ४-१३३ फ्लाइट नम्बरको जहाज उडेको थियो।

सवा ९ मा सुर्खेत पुगेको जहाज मौसम सामान्य नहुँदा अव’तरण नभएर नेपालगन्ज गएको थियो। भेरी नदीमाथि कुहिरो लागेपछि जहाज अवतरण गराउन नसकिएको बुद्ध एअर सुर्खेतका प्रमुख नरबहादुर बस्नेतले जानकारी दिए।

जहाजले सुर्खेतको आकाशमा ३ फन्को लगाएको थियो।

‘सुर्खेत उपत्यका छेउको मौसम राम्रो नभएपछि जहाज अवतरण हुन नसकेको थियो, त्यसपछि नेपालगन्ज गएको जहाज पुनः सुर्खेतमा सुरक्षित अ’वतरण भएको हो’, बस्नेतले भने। जहाजमा ४६ जना यात्रु सवार थिय । ४ जना चालक दलका सदस्य रहेको उनले बताए। यो खबर सेतोपाटी डटकम मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय