मंगलबार , चैत्र ६, २०८०

काठमाडौं

काठमाडौं प्रहरी परिसरले २०७ जना पा’केटमारहरूलाई प’क्रा उ गरेको छ ।

सार्वजनिक सवारीसाधनमा यात्रुहरू, किनमेल गर्न गएका सर्वसाधारणहरूको नगद, मोबाइल, गर गहना चोर्दै गर्दा उनीहरूलाई प’क्रा उ गरिएको हो ।

भदौ २५ देखि असोज १५ सम्म प’क्रा उ परेका मध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको, ४६ जना अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कारागार चलान भएको प्रहरी परिसरले जनाएको छ ।

प्रहरीका अनुसार पा’केटमारहरूले सांकेतिक भाषा प्रयोग गर्ने गर्थे। उनीहरूले २–६ जनाका दरले ६ जनासम्मको समूह बनाएर बसभित्र छिर्ने र पैसा भएका यात्रु पत्ता लगाई पछाडिबाट घेराब’न्दी गर्दै ठे’लमठेल गर्दै मोबाइल, नगद, सुनचाँदी पाकेट मा’रेर पालै पालो ओर्लने गरेको देखिएको प्रहरीको भनाइ छ ।

काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था सामान्य बनाउन र दशैँका बेला हुने आवतजावतमा हुन सक्ने पा’केटमारी तथा चो’रीलाई रोक्न सक्रिय भएको प्रहरीले जनाएको छ ।

पाकेटमारले सांकेतिक भाषाको प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । यस्तो छ पाकेटमारले प्रयोग गर्ने भाषा :
पैसा ः द

मोवाइल : कान
पाकेटमारी सकेको मान्छे : रामे

पाकेटमारका मास्टर : काशी
पैसा धेरै छ : टानको द
पैसा थोरै छ : जुटको द
गाडी : काँचा

केटा : छापा
केटी : भद्री
पुलिस आयो : ठुल्दाई आयो
ड्राइभर : माम
खलासी : मले

गाडीबाट झरेर भाग : टप्की
गाडीभित्र अगाडि सर : अकल जा
गाडीभित्र पछाडि सर : चिछल जा । साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय