बिहिबार , चैत्र १५, २०८०

पुरा खबर,

नेपाली समयअनुसार सोमबार राति संसारभरि विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक चलाउन पाएनन्।

फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले काम गर्न छोडे’का थिए।यो क्रम लगभग छ घन्टा चल्यो। झन्डै ६ घन्टापछि फेसबुकले प्राविधिक सम’स्या समा’धान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट/एपले काम गर्न थालेको जनाएको छ।

फेसबुकसहितका सा’इट ब’न्द भएर फेरि सुरू हुँदासम्म फेसबुकका सिइओ मार्क जुकरबर्गले भने ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाए’का छन्।ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रा’लो लागेको छ।

सेयरको मूल्य घ’टेसँगै जुकरबर्गको स’म्पत्ति पनि घटेको छ। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरे’का छन्। यस अघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई प’छि पारेका छन्।

यसअघि सेप्टेम्बर १३ मा अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले फेसबुकको प्र’णालीमा सम’स्या रहेको स्टोरीहरू प्रकाशित गरेको थियो।सोमबार फेसबुकमा सम’स्या नै देखिएपछि यो विषयले अमेरिकी सरकारी अधिकारीको ध्या’न तानेको छ। यो खबर सेतोपाटीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय