बिहिबार , बैसाख १३, २०८१

पुरा खबर,

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको ६ जनाको ह’ त्यामा संलग्न भएको आ’रोप लागेकालाई अदा’लतले थु’नामा राख्न आदेश दिएको छ ।

जिल्ला अदा’लत सङ्खुवासभाले अभि’यु’क्तहरुलाई पु’र्पक्षका लागि थु’नामा राख्न आदेश दिएको अदा’लतका सूचना अधिकारी डिल्ली प्रसाईंले जानकारी दिए ।

मादी नगरपालिका–१ उम्लिङ खोला गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई सोमबार पुर्पक्षका लागि थु’नामा राख्न आदेश दिएको सूचना अधिकारी प्रसाईंले बताए ।

अदा’लतले १७ वर्षीय नरेश कार्कीलाई बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको उनले बताए ।

गत भदौ २१ गते बिहान मादी–१ उम्लिङ खोला गाउँस्थित ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सा’मूहिक ह’ त्या भएको थियो । यो खबर साँचो खबरमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय