शनिबार , बैसाख ८, २०८१

काठमाडौं।

बलिउड अभिनेत्री नेहा धुपियाले दोस्रो सन्तानलाई जन्म दिएकी छिन् ।

नेहाले आइतबार बिहान छोरालाई जन्म दिएकी हुन् । यसको जानकारी उनका पति अंगद बेदीले दिएका छन् ।

अंगदले सामाजिक संजालमा गर्भवती अवस्थाकी नेहा र आफ्नो तस्वीर शेयर गर्दै यसको जानकारी दिएका हुन् । उनका अनुसार नेहा र छोरा दुवै स्वस्थ छन् ।

बच्चा जन्माउनुभन्दा केही घण्टा पहिले मात्र नेहाले आफ्नो बेबी बम्पसँगको तस्वीर शेयर गरेकी थिइन् ।

यो पोस्ट सार्वजनिक भएको २ घण्टामै अंगदले छोरा जन्मिएको घोषणा गरेका छन् । नेहा र अंगदले २०१८ मा बिहे गरेका थिए । बिहेको केही महिनापछि नेहाले छोरीलाई जन्म दिएकी थिइन् । यसको ३ वर्षपछि छोरा जन्मिएका हुन् । यो खबर डिसी नेपालमा छ ।

https://www.instagram.com/angadbedi/?utm_source=ig_embed&ig_rid=cc427cd4-e43d-4c88-8542-d7432f69a0d2

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय