बिहिबार , बैसाख १३, २०८१

पुरा खबर,

निर्देशक शोभित बस्नेतले ‘महानायक’ राजेश हमाल नै भएको भन्दै आफू गलत रहेको स्विकार गरेका छन् ।

आज काठमाडौंमा आयोजना गरिएको चलचित्र ‘डाँडाको वर पीपल’को ट्रेलर रिलिज कार्यक्रममा शोभितले हमालको तस्वीरलाई प्रमुख अतिथी बनाएका थिए ।

हमालको फोटोलाई प्रमुख अतिथी बनाउनुको कारणबारे शोभितले भने–‘मैले जहिले पनि महानायक भन्दा सुपरस्टार ठूलो भन्ने ठान्थेँ । यसैले, चलचित्र क्षेत्रमा राजेश हमाल भन्दा ठूलो कोही पनि छैन भनेर उहाँलाई सुपरस्टार भनेको हुँ ।

तर, म गलत रहेछु । यसैले, सबैसँग माफी माग्दै आजबाट हरेक ठाउँमा राजेश हमाललाई नै महानायक भन्नेछु । मेरो लागि अब सुपरस्टार भुवन केसी हुनुहुन्छ ।’

शोभितले हमाल नै ‘महानायक’ रहेको स्विकार गर्दै आफूले उनको तस्वीरलाई प्रमुख अतिथी बनाएको समेत बताए । आफूले फेरि अर्को विवाद निकाल्न र चलचित्र चलाउनका लागि हमाललाई ‘महानायक’ नमानेको शोभितको तर्क थियो ।

यसअघि यो चलचित्रको गीत रिलिज कार्यक्रममा शोभितले नेपाली चलचित्र क्षेत्रको ‘महानायक’ भएको बताएका थिए ।

आज आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकारहरु नायकद्धय भुवन केसी र शिव श्रेष्ठ, नायिका गौरी मल्ल भने उपस्थित थिएनन् । शोभितले चलचित्रका अन्य कार्यक्रम पनि आयोजना गर्न बाँकी रहेको भन्दै मुख्य तीन कलाकार उपस्थित नभएको बताए । यो खबर अनलाइन खबरमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय