शनिबार , बैसाख ८, २०८१

नेपाली राजनिती,

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार र एमालेलाई बद’ना’म गराउनका लागि ओम्नीकाण्ड उचालिएको आ’रोप लगाएका छन्।

ललितपुरको गोदाबरी शुक्रबार सुरु भएको विधान महाधिवेशनमा समापन सम्बोधन गर्दै उनले यस्तो आ’रोप लगाएका हुन्।

‘हामीले गरेको काम देखेर केही प्रति’क्रिया’वादीहरू आत्तिए। जताततै एमाले सरकारले काम गरेको गर्‍यै छ भनेर। कसरी हुन्छ एकैचोटि यति धेरै काम? जनता चकित परे।

एमालेले सबै काम गर्ने भयो, लोकप्रिय हुने भयो भनेर केहीलाई त्रास भयो,’ उनले दाबी गरे, ‘एउटा डीजीले गर्ने काममा हामीलाई मु’छियो। जताततै ओम्नी, ओम्नी, ओम्नी। मैले अख्ति’यारलाई बोलाएर छानबिन गर्न भनेँ। तै पनि रोकिएन।

त्यो सबै हामीलाई बदनाम गर्नका लागि मात्र ल्याइ’एको थियो। त्यो उचालिएको थियो।’ उनले तत्कालीन नेकपामा प्रचण्डले पेस गरेको १९ पृष्ठ लामो प्रति’वेदनलाई पनि झु’टको पुलिन्दा भएको आरोप लगाए। यो खबर नेपाल समय डटकममा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय