पुरा खबर,
युवराज्ञी हिमानी शाहको आज जन्मदिन हो ।
उहाँ आजको मितिबाट ४५ वर्षमा लाग्नुभएको छ । २०५६ साल माघ ११ गते तत्कालीन युवराज पारस शाहसँग विवाह बन्धनमा बाँधिनु भएको थियो ।
उहाँको जन्म १ अक्टोबर १९७६ मा भारतको राजस्थानमा भएको थियो । हिमानी हाल एक्लै बस्दै आउनु भएको छ । हिमानीको श्रीमान पारससँग सम्बन्ध राम्रो नभएको भनिदै आएको छ ।
हाल राजनीतिबाट अलग रहनुभएकी हिमानी सामाजिक कार्यमा जुटिरहनुभएको छ । उहाँको हिमानी ट्रष्ट नामक संस्था छ ।
हिमानी सूर्यवंशी राजकूल
का राजा विक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुनुहुन्छ। युवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको बताएकी छन्।
शुक्रबार नवलपरासीका बाढी पी’डितलाईराहत वितरण गर्ने कार्यक्रममा युवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताएकी हुन्।उनले आय आर्जनको लागि अब दीगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरूको गरिबी निवारण गर्नुपर्ने बताइन्।
युवा र महिलाहरूलाई गरिबी निवारण गर्नको लागि नयाँ तौरतरिकाको अन्वेषण आवश्यक रहेको भन्दै युवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका सम’स्याहरूको समाधान गर्नुपर्ने बताइन्।
उनले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्ने बताइन्। उनले विदेश पलायन भइरहेको प्रतिभालाई रोक्न आफूहरूले नजरअ’न्दाज गर्न नसक्ने बताइन्।
युवराज्ञी शाहले भनिन्,‘नेपाली हुनुको नाताले अब समय आयो सबै एक भएर सोचौं, मनन गरौं कि हामी हाम्रो राष्ट्रलाई कसरी उत्थान गर्न सक्छौं ।युवराज्ञी शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नव सुधार गर्दै राष्ट्रलाई समृद्ध बनाउनु पर्ने बताइन्।
उनले मुलुकको सेवा गरेमात्रै मुलुकले हाम्रो लालनपालन गर्ने भन्दै विकसित राष्ट्र निर्माणको लागि प्रयत्नरत गरिरहनुपर्ने बताइन्। यो खबर साभार गरियको हो ।