बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

नेकपा एमालेको विधान महाधिवेशनमा एमालेकै लोगो रहेको पानी खाने बोतल वितरण गरिएको छ ।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई हल भित्र वितरण गरिएको पानीको बोतलमा एमाले महाधिवेशनको लोगोसहित अध्यक्ष ओलीको फोटो रहेको छ ।

गाेदावरी मिनरल वाटर प्राेडक्ट कम्पनीले उत्पादन गरेकाे १ लिटरकाे पानीको बाेतलमा साे तस्बिर राखिएको छ ।

प्रत्येक प्रतिनिधिलाई वितरण गरिएको उक्त बोतल महाधिवेशन अवधिभर प्रयोग गर्न भनिएको छ । कार्यक्रमको सुरुमै एमाले केन्द्रीय कार्यालयका सचिव समेत रहेका शेरबहादुर तामाङले पानी खान वितरण गरिएको उक्त बोतल आफ्नै झोलामा राख्न भनेका थिए ।

यस्तै नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि तीन दिनसम्म कार्यक्रम स्थलमै खाना र खाजाको व्यवस्था गरिएको छ ।

टेण्डरमार्फत खाना र खाजाको व्यवस्था गरेको एमालेले करिब ६ हजार प्रतिनिधिका लागि पहिलो दिनको खानामा दाल भात, अचार तरकारीसहित कुखुरा र खसीको मासुका व्यञ्जन समेटेको छ ।

सलादमा मुला,गाँजर, काँक्रो, लगायत राखिएको छ भने भात नखानेलाई रोटीको व्यवस्था गरेको छ । डेर्जटमा दही जेरी राखिएको छ । एमालेको महाधिवेशनमा खाना खुवाउने जिम्मा ए वान पार्टी प्यालेसले पाएको छ । यो खबर रातोपाटीबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय