बिहिबार , बैसाख १३, २०८१

पुरा खबर,

नेकपा एमाले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहि’स्कार गर्ने भएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पाथिभरा न्युजसंग कुरा गर्दै आफूहरु बैठकमा नजाने बताए ।

“पार्टी विभाजन गर्नका लागि संसद्लाई छलेर अध्या’देश ल्याउने र छलफल नगरी फिर्ता गर्ने,” उनले भने, “राति संसद् स्थगित हुन्छ, भोलिपल्ट अध्यादेश आउँछ ।”

उनले एमाले वि’रुद्ध सरकार, सर्वो’च्च अदाल’त, मिडिया, निर्वाचन आयोग सबै लागेको भन्दै आ’क्रोश व्यक्त गरे । “एमाले कहिँ पनि जाँदैन, चुनाव जितेर आएपछि सबैलाई तह लगाउँछ,” उनको आ’क्रोश थियो ।

विभिन्न पार्टी परि’त्या’ग गर्दै एक दर्जन बढी एमालेमा प्रवेश मोरङ कानेपोखरी गाउँपालिका स्थित एमाले ६ नं. शाखा कमिटीको विस्तारित बैठकमा विभिन्न पार्टी परि’त्या’ग गर्दै एक दर्जन व्यक्ति एमालेमा प्रवेश गरेको छ ।

बुधबार रमाइलो साकोसमा भएको बैठकमा राप्रपाका क्षेत्रिय सदस्य कालीबहादुर लिम्बु र गत स्थानीय चुनावमा राप्रपाबाट वडा सदस्यमा उठेकी देवी माया थापा सहित एक दर्जन प्रवेश गरेको हो । त्यसैगरी रमा तामाङ, कृष्णमाया गुरुङ, कुमारी माझी, मैया धिमाल, पर्शुराम कटुवाल लगाएत एमालेमा प्रवेश गरेको छ ।

उनिहरुलाई एमाले प्रदेश सदस्य तथा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले प्रमुख अतिथि, बिशेष अतिथि एमाले जिल्ला सचिवलाय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, अतिथिहरु नेकपा एमाले जिल्ला सदस्य भोला अधिकारी, नेकपा एमाले कानेपोखरी गाउँ कमिटीका अध्यक्ष दानबहादुर बस्नेत,गाउँ कमिटी सह संयोजक सुशिल बुढाथोकी लगाएतले खदा र अविरको टिका लगाएर स्वागत गरेका थिए ।

बैठकमा अन्य अतिथिहरु नेकपा एमाले कानेपोखरी गाउँ कमिटी सचिवलाय सदस्य खड्ग बस्नेत, नेकपा एमाले कानेपोखरी गाउँ कमिटी सचिवलाय सदस्य मोहनप्रसाद अधिकारी,

राष्ट्रिय युवा संघ नेपाल केन्दिय सचिवलाय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, राष्ट्रिय खेलकुद महासंघ केन्द्रिय सदस्य शिव राई, अनेरास्ववियु केन्द्रिय सचिवलाय सदस्य अनिल कार्की,

अनेमासंघ कानेपोखरी गाउँ कमिटि सचिव खिना दाहाल, युवा संघ गाउँ कमिटी संयोजक अशोक फुयाँल उपस्थित रहेका थिए । नेकपा एमाले वडा नं. ६ का पार्टी अध्यक्ष कुमार फुयलको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रम संचालन डम्बर खरेलले संचालन गरेका थिए । पाथिभरा न्युजबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय