पुरा खबर,

ल्यान्डिङ गियर (पांग्रा) मा समस्या देखाएर विराटनगरमा अवतरण नगरी काठमाडौं फर्किएको बुद्ध एयरको एटीआर–७२ विमानमा सोमबार चालकदल ‘झु’क्किएको’ प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

यो घटना छानबिनमा संलग्न स्रोतका अनुसार, उक्त जहाजको फ्लाइट डेटा रेकर्डर (एफडीआर) ले त्यस दिनको उडानमा पांग्रा (ल्यान्डिङ गियर) खुलेको, कुनै स’मस्या नरहेको देखाएको छ ।

‘एफडीआरमा पांग्रा खुलेको देखिन्छ,’ स्रोतले भन्यो, ‘तर ककपिटमा रहेका दुईवटा इन्डिकेटरमध्ये पहिलो इन्डिकेटरको संकेत बत्तीले ‘फल्स वार्निङ’ दिएकोले चालकदल विराटनगरमा झुक्किएछन् ।’

छान’बिन कर्ताहरुले उक्त विमानको ल्यान्डिङ गियरमा कुनै सम’स्या नदेखिएको भनेका छन् । छानबिनमा संलग्न अधिकारीहरुले प्रारम्भिक अनुस’न्धानका आधारमा उक्त विमान विराटनगरमा त्यस दिन ‘अ’वतरण गराएको भए हुने’ भन्ने उल्लेख गरेका छन् ।

यसैबीच बुद्ध एयरबाट गठन गरिएको छान’बिन कमिटीले पनि त्यस दिन उडानमा रहेको ‘अल्फा नोभे’म्बर इन्डि’या’ कलसाइन भएको सो एटीआर विमानको ल्या’न्डिङ गियरमा सम’स्या नभएको जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणले गठन गरेको छानबिन समितिले त्यो विमानको एफडीआर अध्ययन सकिसकेको छ । ‘कमिटीले एफडीआर अध्ययन सकिसकेको छ,’ विश्वस्त स्रोतले भन्यो, ‘अब सिभीआर (ककपिट भ्वाइस रेकर्डर) मा रेकर्ड एटीसी र चालक दलको संवाद उतार्ने काम भइरहेको छ ।’

समितिले त्यसदिन काठमाडौंबाट उडेदेखि काठमाडौंमा अव’तरण भएसम्मको १ घन्टा ५६ मिनेटको संवाद सुनिसकेको छ । यो संवादले पाइलट र एयर ट्राफिकबीच भएको कुराकानी र चालक दल कहाँनेर झु’क्किए भन्ने विषयलाई प्रष्ट्याउने छ ।

‘नेपालमा मात्र होइन संसारभर जहाजमा बेलाबेला सिस्ट’म इ’रर, फल्स वार्निङले पाइलटलाई है’रान पारेका घट’ना छन्,’ बुद्धका सम्बद्ध अधिकारीले भने, ‘यो जनध’नको क्ष’ति नभएको अकरेन्स (घ’टना) हो, यो (ए’क्सि’डेन्ट) दु’र्घ’टना होइन । यस्तो अवस्थामा गुड ह्या’ण्डलिङ गर्न सक्ने क्षम’ता पाइलटले देखाउनुपर्छ ।’

यो घट’नापछि चालकदलका सबै सदस्यलाई प्राधिकरणको हवाई सुरक्षा विभागले ग्रा’उन्डे’ड गरेको छ । उनीहरुलाई अपरेटरले उडानमा पुनः फर्काउन ‘रिफ्रेसर’ तालिम वा छोटो प्रशिक्षण दिलाउँछ ।

‘शुक्रबार भित्र हाम्रो छा’नबिनको प्रतिवेदन प्राधिक’रणलाई बुझाउने छौं । प्राधिकरणको छान’बिन पछि जे निर्देशन आउँछ पालना गर्ने छौं,’ ती अधिकारीले भने, ‘प्राधिकरणको प्रतिवेदन नआएसम्म चालकदल उडानमा जाँदैनन् ।’

त्यस दिनको उडानमा बुद्ध एयरका वरिष्ठ क्याप्टेन आङ्‌गेलु शेर्पा र कोपाइलट अमन अन्सारी उडानमा थिए । शेर्पा बुद्ध एयरको स्थापनाकाल देखिका पाइलट हुन् ।

११ वर्षअघि बुद्धले एटीआर-७२ विमानबाट पहिलो काठमाडौं-विराटनगर उडान गर्दा शेर्पा नै थिए । उनी बुद्धका प्रशिक्षक पाइलट र नागरिक उड्डयन प्राधिकरणमा पाइलटहरुको जाँच गर्ने डिसीपी (डेजि’ग्नेटेड चेक पाइलट) पनि हुन् । उनको उडानमा रहेका कोपाइलट अन्सारी फ्रेस पाइलट हुन् । अन्सारीसँग सय घन्टा भन्दा कम उडेको अनुभव छ । यो खबर कान्तिपुरमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय