बिहिबार , बैसाख ६, २०८१

गायिका प्रविशा अधिकारी बिबाह बन्धनमा बाँधिने तयारी गरेकी छिन् ।

उनी, अमेरिकामा रहँदै आएका निर्माण सिटौलासँग बिहेको तयारीमा छिन् । गायिका अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै मंसिरमा बिहेको कुरा भैरहेको बताइन् ।

प्रविशाले भनिन्–‘हुनत, असोजमा बिहे गर्ने भन्ने कुरा भएको थियो । तर, केही कारणले गर्दा मंसिरमा गर्ने तय भएको छ ।’

प्रविशा र निर्माणको भेट भने भएको छैन । अमेरिकामा रहँदै आएका निर्माणसँग प्रविशाको कुरा हुन थालेको ३ महिना भयो । निर्माणको परिवारबाट बिहेको प्रस्ताव आएपछि प्रविशाले वुझेर निर्णय लिने जवाफ दिएकी थिइन् । यसपछि, उनी र निर्माणविच कुराकानी हुन थालेको हो ।

प्रविशा भन्छिन्–‘मलाई पनि निर्माणको बानी ब्यहोरा मन परेपछि बिहे गर्ने निर्णय गरेकी हुँ । मलाई मान्छे राम्रो भन्दा पनि असल हुनुपर्छ भन्ने लाग्छ । निर्माणमा यी सबै गुण छन् ।’ निर्माणको घर झापाको चारपाने हो । प्रविशा पनि झापाकी नै हुन् ।

केही समय अगाडि सार्वजनिक भएको प्रविशाको स्वरमा समावेश ‘शब्द’ बोलको गीत शेयर गर्दै निर्माणले लेखेका छन्–‘साच्चिकै गज्जब ।’ नेपाली सेलिब्रिटीहरुले प्रेम र बिहेको कुरा लुकाएपनि प्रविशाले पनि यो बिषयलाई सार्वजनिक गरेकी छिन् । उनी, बिहे गरेर जीवनलाई नयाँ तरिकाले अगाडि बढाउने सोचमा छिन् ।

प्रविशाले नेपाली चलचित्रका दर्जनौ गीतमा स्वर दिएकी छिन् । केही समय अगाडि उनले ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा ‘फूल होइन’ बोलको गीत गाएपछि उनको चर्चा झनै चुलिएको थियो । प्रविशा हिमालय टीभीबाट प्रशारण हुने तयारीमा रहेको रियालिटी शो ‘भ्वाइस किड्स’को कोच समेत हुन् । यो खबर साभार गरियकौ हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय