बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ मन्त्री हुने लाइनबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने इच्छा देखाएका नेता श्रेष्ठ मन्त्री हुने लाइनबाट बाहिरिएका हुन् ।

सरकारमा सहभागी हुन नेकपा माओवादी केन्द्रको भागमा १ राज्यमन्त्रीसहित ६ मन्त्री परेको छ । माओवादीबाट २ जना यसअघि नै मन्त्री बनिसकेकाले अब उसको भागमा १ राज्यमन्त्रीसहित ४ जनाको भाग छ ।

जसमा मन्त्री बन्ने इच्छा जाहेर गर्नेमा पूर्वउप प्रधानमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठ पनि थिए । तर प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री पद नै नराख्ने निर्णय गरेपछि नेता श्रेष्ठ मन्त्रीहुने लाईनबाट बाहि’रिनु परेको हो।

यतिबेला माओवादी केन्द्रमा मन्त्रीको नाम टु’ङ्ग्या’उन आन्तरिक छलफल भइरहेको छ । पछिल्लो जानकारी अनुसार हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई र सुदन किरातीमध्येबाट २ जना मन्त्री बन्नेछन् ।

त्यस्तै महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्येबाट एकजना मन्त्री बन्ने पक्का छ । त्यस्तैगरी मधेस कोटाबाट मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको सम्भावना बलियो छ । उनीहरुले कुन मन्त्रालय पाउने भन्ने यकिन हुन भने बाँकी नै छ । यता माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत स’माजवादी)ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ।

सरकारले दल वि’भाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक द’लसम्बन्धी अध्या’देश फिर्ता लिएपछि एकीकृत समाज’वादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो।

एकी’कृत समाजवादीबाट सरकारमा पार्टीको वि’रोध खति’वडाले गर्ने भएका छन्। यस्तै, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आलेमागर, जीवनराम श्रेष्ठ मन्त्री हुने भएका छन्। यस्तै, किसान श्रेष्ठ र भवानी खापुङमध्ये एक जना मन्त्री हुनेछन्।

एकीकृत समाज’वादीका नेता मेटमणि चौधरीले पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लागेको पुष्टि गरेका छन्। सो पार्टीले नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको स्रोतको दाबी छ।

नेकपा (माओवादी केन्द्र) मन्त्री हुनेको नामावली टुं’गो लगाउन आन्तरिक गृहकार्य गरिरहेको छ। यसपटक माओवादी केन्द्रले मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राख्ने भएको छ। सम्भवतः बिहीबार म’न्त्रिपरिषद विस्तार हुनेछ। यो खबर स्वदेश खबरमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय