बिहिबार , बैसाख ६, २०८१

नेपाली राजनिती,

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्यु’निस्ट पार्टी (एकीकृत स’माजवादी)ले मन्त्री हुनेको नाम टुं’गो लगाएको छ।

सरकारले दल वि’भाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक द’लसम्बन्धी अध्या’देश फिर्ता लिएपछि एकी’कृत समाजवादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो।

एकी’कृत समाज’वादीबाट सरकारमा पार्टीको वि’रोध खति’वडाले गर्ने भएका छन्। यस्तै, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आलेमागर, जीवनराम श्रेष्ठ मन्त्री हुने भएका छन्। यस्तै, किसान श्रेष्ठ र भवानी खापुङमध्ये एक जना मन्त्री हुनेछन्।

एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लागेको पुष्टि गरेका छन्। सो पार्टीले नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको स्रो’तको दाबी छ।

नेकपा (माओ’वादी केन्द्र) मन्त्री हुनेको ना’मावली टुंगो ‘लगाउन आन्तरिक गृहकार्य गरिरहेको छ। यसपटक माओ’वादी केन्द्रले मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राख्ने भएको छ। सम्भवतः बिहीबार मन्त्रिपरिषद विस्तार हुनेछ। यस्तै यता अख्ति’यार दुरु’पयोग अ’नुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ ।

बर्दिबास स्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा छा’पा मा’रेको हो ।

प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ ।

त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ । उक्त साइकल खरिद र वितरण कार्यमा अनि’यमितता भएको उजु’री परेपछि अ’ख्तियारले त्यससम्बन्धी कागजात लिन छा’पा मा’रेको हो ।

अख्तियार स्रोतका अनुसार केन्द्रबाट गएको टोलीले कागजात लिएको हो । प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो । यो खबर स्वदेश नेपालबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय