शुक्रबार , चैत्र १६, २०८०

पुरा खबर,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ ।

बर्दिबास स्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा छा’पा मा’रेको हो ।

प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ ।

त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ । उक्त साइकल खरिद र वितरण कार्यमा अनि’यमितता भएको उजु’री परेपछि अ’ख्तियारले त्यससम्बन्धी कागजात लिन छा’पा मा’रेको हो ।

अख्तियार स्रोतका अनुसार केन्द्रबाट गएको टोलीले कागजात लिएको हो । प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय