शनिबार , बैसाख ८, २०८१

पुरा खबर,

प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो मन्त्रिमण्डलमा उपप्रधानमन्त्री नराख्ने भएका छन् ।

सत्ता गठबन्धनको बैठकमै प्रधानमन्त्री देउवाले आफूले उपप्रधानमन्त्री नराख्ने निर्णय गरेको जानकारी गराएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तथा जसपाका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री राख्नुपर्ने माग गरे पनि देउवाले नराख्ने अडान लिँदै कठोर निर्णय लिएका छन् ।

सत्ता गठ’बन्धनका नेताहरुले भने एक एक जना उपप्रधानमन्त्री राख्नुपर्ने सुझाएका थिए । सत्ता गठबन्धनमा कांग्रेसभित्रकै रामचन्द्र पौडेल समूहले पनि उपप्रधानमन्त्री मागेको थियो ।

पौडेल समूहबाट सुजाता कोइराला देखि विभिन्न नेताहरुले उपप्रधानमन्त्रीमा दा’बी गरेका थिए । त्यसैगरी माओवादीबाट नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री सहित सरकारको नेतृत्व गर्न चाहेका थिए ।

त्यसैगरी उपेन्द्र यादव आफै उपप्रधानमन्त्री बनेर सरकारमा सहभागी हुन् खोजेका थिए । तर यी सबै प्रयास असफल भएका छन् । प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री कटौ’ती गरेर नयाँ सुरुवात गरेका छन् । कुनै बेला ५ जनासम्म उपप्रधानमन्त्री राखिएको थियो । तर यो प्रचलनलाई देउवाले तोडेका छन् ।

राष्ट्रपतिबाट दल विभाजन अध्यादेश खारेज भएसँगै सत्ता गठबन्धन मन्त्रिमण्डल विस्तारको तयारीमा लागेको छ । दलहरु मन्त्री छान्न आन्तरिक छलफलमा छन् । यो खबर पाथिभरा न्युजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय