नेपाली राजनिती,

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले संविधान मिच्दा पनि मिडिया नबोलेको भन्दै असन्तु’ष्टि पोखेका छन् ।

मंगलबार सम्पादकहरूसँग कुरा गर्दै उनले मिडिया मौन बसेको प्रति आश्चर्य प्रकट गरे ।

सञ्चारमाध्यमको भूमिकामाथि प्रश्न उठाउँदै ओलीले भने, ‘मिडियाले आलो’चना नगर्दा सरकारले ग’ल्ती गरिरहेको छ । हामीलाई सञ्चारले ख’बरदारी गरेको कारण ग’ल्ती कम भयो ।’

‘मलाई त राम्रो ख’बरदारी गर्नु भएको थियो, यो सरकारलाई खब’रदारी पुगेन कि ?’ उनले थपे । सरकारको कारण लोकतान्त्रिक प्रणालीप्रति चि’न्ता उत्पन्न भएको ओलीको भनाई छ ।

आफूले निर्वाचन घोषणा गर्दा प्रतिगमन भएको भन्ने तर अहिलेको सरकारले गरेका क्रियाकलापलाई के भन्ने ? भन्दै ओलीले प्रतिगमन शब्दको दुरुप’योग भएको बताए । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको कार्यशैलीको खुलेर आलो’चना गरेका उनले वर्तमान सरकार ट्रयाक बाहिर गएर काम गर्न थालेको बताए ।

ओलीले रा’तारात संसद रोकेर बिहान अध्यादेश ल्याउनु आपत्तिजनक हो भन्दै संविधानको मर्मअनुसार होस भनेर आफूले ४० प्रतिशत सांसद वा केन्द्रीय सदस्यबाट पार्टी वि’भाजन गर्ने अध्यादेश ल्याएउँदा उ’ग्र वि’रोध गर्नेहरुले नै अहिले रातारात २० प्रतिशतको अध्या’देश ल्याएको सुनाए । उनले अहिलेको सरकारलाई जोर’जामको सरकार भने । यो खबर पाथिभरा न्युजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय