बिहिबार , बैसाख १३, २०८१

पुरा खबर

काठमाडौँ उपत्यककाको विभिन्न स्थानमा तीन जना मृ’त भेटिएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका १४ कलङ्कीस्थित गेष्ट हाउसको कोठामा भारतको कोलकता घर भएका ८२ वर्षीय किशन गिरी भेटिएका छन् ।

उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा दोलखा सैलुङ गाउँपालिका घर भएका बसका चालक ४४ वर्षीय तुलबहादुर उप्रेती पनि आज मृ’त भेटिएका छन् । पार्किङ गरी राखेको बा ५ ख ६५३० नम्बरको बसभित्र उनी मृ’त भेटिएको प्रहरीले जनाएको छ ।

उता ललितपुरको गोदावरी नगरपालिका–७ सल्लेनी कटुवाल दह जाने सडक मुनि झाडीमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार व्लोन पनि मृ’त अव’स्थामा फे’ला परेका छन् । उनको टा’उँको र घा’टीमा धा’ ‘रि’लो ह’ति’या’रको चो’ट रहेको जनाइएको छ । तीनैवटा घटना शं’का’स्पद रहेकाले अनुस’न्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी–१० मा भएको सवारी दु’र्घट’नामा एक जनाको मृ’ त्यु भएको छ ।ट्रा’फिक प्र’हरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोले’रोलाई रोक्न खोज्दा प’छाडिबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टिपरले ठ’क्कर दिएकाले दमक– ९ निवासी ४० वर्षीय नेत्र खड्काको मृ’ त्यु भएको हो ।

झापा जिल्ला प्रह’री कार्यालयका अनुसार शिवसताक्षी १० माईधारस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्र्व आउँदै गरेको उक्त टि’परले सोही दिशातर्फ आइरहेको बोलेरोलाई ठ’क्कर दिएको थियो ।ठक्क’रका कारण अनि’यन्त्रित बोलेरो कन्काई सिँचाइ आयोजनाको नह’रमा ख’सेको थियो ।

बोलेरोलाई बाहिर निकाल्दा चालक दमक ९ निवासी ४० वर्षीय खड्का मृ’त अवस्थामा गा’डीभित्र फेला परेका थिए । दु’र्घ’टनापछि मकवानपुरको थाहा नगरपालिका–८ निवासी २४ वर्षीय टिपर चालक सहदेव कार्कीलाई इलाका प्र’हरी कार्यालयले निय’न्त्र’णमा लिएको छ ।सोही घ’टनालाई लिएर स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग केही समय टा’यर बा’लेर अ’वरुद्ध पारेका थिए ।

चार सयभन्दा बढी स्थानीयवासीले राजमार्ग अ’वरोध गरेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रह’री कार्यालयका प्रहरीले सम्झाएर राजमार्ग खुलाएका थिए । बोलेरोमा अझैं दुई यात्रु रहेको भन्दै खो’जी सुरु गरिएको छ । नहरको पानीले उनीहरुलाई बगाएर लगेको आ’शङ्कामा खोजी गर्न पानी थु’निएको प्रहरीले जनाएको छ । ताजा खबरबाट साभार , प्रतिकात्मक तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय