शनिबार , बैसाख ८, २०८१

एजेन्सी

बलिउड अभिनेचा सिद्धार्थ मलहोत्रा आजभोली फिल्म ‘शेरशाह’का कारण निकै चर्चामा छन्।

फिल्ममा सिद्धार्थले क्याप्टेन बत्राको भूमिका निर्वाह गरेका छन्।

उनको भूमिका र अभिनयलाई धेरै रुचाइएको छ। फिल्म रिलिज भएपछि सिद्धार्थ र कियाराको जताजतै तारिफ गरिएको छ। यसैबीच उनीहरु प्रेम सम्बन्धमा रहेको चर्चा पनि शुरु भएको छ।

केही समयदेखि सिद्धार्थ र कियारा एकअर्कालाई डेट गरिरहेको बताइएको छ। तर यसबारे यी दुई केही पनि बताएका छैनन्।

यी खबरहरुकै बीच सिद्धार्थ आफ्नो विवाह योजनाबारे जानकारी दिएका छन्। उनले आफूले कहिले विवाह गर्ने भनेर एक अन्तरवार्तामा जानकारी दिएका छन्।

उनलाई विवाह कहिले गर्नुहुन्छ भनेर सोधिएको थियो। जवाफमा सिद्धार्थले भने, ‘थाहा छैन म कहिले विवाह गर्छु। म कोही भविष्यवाणी गर्ने मान्छे हैन। तर जब यो हुन्छ सबैलाई थाहा हुन्छ। अहिलेलाई त्यस्तो खास योजना छैन।’सिद्धार्थले अघि भने, ‘तर विवाह जुनसुकै बेला हुन सक्छ। विवाह छिटो वा ढिलो गर्नुपर्छ भन्ने केही छैन। जरुरी यो छ कि विवाह सही मान्छेसँग होस्।’

यस्तै यता अर्को खबरमा काजल अग्रवाल बलिउड र साउथ इण्डियन फिल्मका लागि नौलो नाम होइन।उनको फिल्महरुले राम्रो चर्चा बटुलेका छन्। कागजलले गत वर्ष विवाह गरेकी थिइन्।अहिले उनी गर्भवती रहेको चर्चा चलेको छ। अग्रवालले नागार्जुनको फिल्म ‘द घोस्ट’ मा काम नगर्ने भएकी छन्। फिल्ममा काजलको सट्टामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले काम गर्ने भएकी छन्।

काजलले गत वर्ष अक्टोबरमा व्यवसायी गौतम किचलूसँग विवाह गरेकी हुन्। उनी सामाजिक सञ्जालमा सधैं चर्चामा रहन्छिन्। उनले विवाहपछिका दिनहरू पतिसँग रमाइलो गरेर बिताउँदै आएकी छन्।पछिल्लो केही समययता काजल गर्भवती भएको चर्चा चल्न थालेको छ।

नागार्जुनको फिल्ममा काजलले काम नगर्ने भएपछि उनी गर्भवती भएको आशंका झन् बढेको छ। उनी गर्भवती भए नभएको काजलले बताएकी छैनन्। उनी पछिल्लो समय काम गरिरहेको प्रोजेक्ट पनि छिट्टै सकाउने योजनामा छिन्। यो खबर अनलार्इन नेपालबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय