शनिबार , बैसाख ८, २०८१

पुरा खबर,

सरकारले अन लाइन बाट टिकट काट्ने यात्रुहरूलाई एक लिटरकाे पानीकाे बाेत्तल सित्तैमा दिने बताएकाे छ ।

आज आइतवार सिंह दरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा यातायात व्यवस्था विभागमा महानिर्देशक नमराज घिमिरेले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले अनलाइन र माेबाइलबाट टिकट बुकिङ गर्न अनुराेध गर्दै यस वर्ष अनलाइनबाट टिकट काटेर आउने यात्रुलाई एक लिटरकाे पानीकाे बाेत्तलकाे व्यवस्था गरिएकाे जानकारी दिनुभयाे ।

विभागका महा निर्देशक घिमिरेले दशैँमा टिकट वितरण गर्न धेरै बिचौलिया देखापर्ने समस्या रहेको भन्दै यस वर्ष टिकट काउन्टरमा बसेकाहरूलाई परिचय पत्र र तोकिएको पोसाक उपलब्ध गराउने भएकाले काउन्टरमा रहेका पोसाक लगाउने र परिचय पत्र भएका हरूबाट मात्रै टिकट काट्न आग्रह गर्नुभयो ।

यसै बीच सरकारले भाेलि साेमवारदेखि दशैँका लागि मध्यम तथा लामाे दुरीकाे सार्वजनिक गाडीकाे अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।उहाँलेकोरोना भाइरस महा मारीको जो खिमलाई मध्यनजर गर्दै स्वास्थ्यका माप दण्डको पूर्ण पालना गर्न र टिकट काट्न तथा गाउँ जाँदा हुने भिडलाई मध्यनजर गर्दै काठमाण्डाैका विभिन्न ठाउँबाट गाडी छुट्ने बताउनुभयो ।

यस्तै बैठकले दशैँको अवसरलाई मध्यनजर गर्दै वर्षाका कारण क्षति भएका सडकको निर्माण तत्काल सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । यो खबर उज्यालो अनलाइनबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय