बिहिबार , चैत्र १५, २०८०

पुरा खबर,

सरकारले देश भर लागू हुने गरी सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्व यनमा ल्याएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मात हतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडा दर कार्यान्वयनमा आएको जनाएको हो ।

विगतमा सार्वजनिक गाडीको भाडा दर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ । अहिले पेट्रोल र डिजलको मूल्यसमेत बढेको छ ।

भाडा निर्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’मा इन्धनको सूचकलाई मात्र अहिलेको मूल्यको आधार लिइ प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ । छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ ।

नयाँ भाडादरअनुसार काठमाण्डौबाट इलाम जाने यात्रुले एक हजार ६ सय ९१ रुपैयाँ भाडा तिर्नुपर्नेछ । काठमाण्डौबाट काँकडभिट्टा जानका लागि एक हजार ४ सय ७० रुपैयाँ भाडा लाग्ने भएको छ।

विभागले देशभरका कुल २ सय ८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुवाहक यातायातमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २६ प्रतिशत भाडा बढाएको छ ।

सूची : यहाँ थिच्नुस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय