मंगलबार , बैसाख ४, २०८१

नेपाली राजनिती,

जसपा नेता डा. बाबुराम भट्टराईले पाँच ‘स’को सपना देखेर एकीकृत माओवादी त्यागेको ६ वर्ष पूरा भएको छ।

संविधान जारी भएपछि मधेसमा विरोध प्रदर्शन भइरहेका बेला भट्टराईले ९ असोज २०७२ मा पत्रकार सम्मेलनमार्फत एकीकृत माओवादी त्यागेको घोषणा गरेका थिए।

उनले एमाओवादीमात्र त्यागेनन्, तीन दशक लामो पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको राजनीतिक सहयात्रा पनि तोडे।

संविधान घोषणा भएकै दिन संविधानसभा बैठकबाट बाहिरिँदा ‘अपूर्ण संविधान’ जारी गरेको बताएका उनले पाँच ‘स’लाई आत्मसात गर्दै एमाओवादी त्यागेका थिए।

उनले पाँच ‘स’ शान्ति, संविधान, सुशासन, समृद्धि र समाजवादी आफ्नो आगामी राजनीतिक एजेन्डा रहने बताएका थिए। एमाओवादीसँगै उनले संविधानसभा सदस्यबाट पनि राजीनामा दिएका थिए । गोरखा १ बाट प्रत्यक्ष निर्वाचित भट्टराईले एमाओवादीसहित संसद् सदस्यबाट राजीनामा दिएका थिए।

भट्टराईको राजीनामा तुरुन्तै स्वीकृत

ललितपुरको सानेपमा बस्दै आएका भट्टराईले आफ्नो राजीनापत्र बोकाएर सुरक्षाकर्मीलाई प्रचण्ड निवास लाजिम्पाटमा पठाएका थिए। तर, प्रचण्ड भने सर्वदलीय बैठकमा सहभागी हुन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा थिए।

भट्टराईले राजीनामा दिन लागेको कुरा बालुवाटारसम्म पुग्यो। यसपछि संविधानसभा (व्यवस्थापिका संसदका सभामुख) अध्यक्ष सुवास नेम्वाङ संविधानसभा भवन नयाँ बानेश्वर पुगे। त्यहीँ पुगेका भट्टराईले संसद् सदस्यबाट राजीनामापत्र बुझाए। संविधानसभा अध्यक्ष नेम्वाङले तुरुन्तै स्वीकृत गरे। यसरी भट्टराई एकीकृत माओवादीसँग उनकाे सम्बन्ध टुटेकाे थियाे।

पाँच वर्षमा चार पार्टी
संविधान सभाबाट संविधान जारीसँगै डा. भट्टराई चार पार्टीमा आबद्ध भए। संविधान जारी गर्दा एकीकृत माओवादीमा रहेका उनले ९ असोज २०७२ मा सो पार्टी त्यागे । जेठ २०७३ मा नयाँ शक्ति पार्टी नेपाल स्थापना गरे। पछि नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच एकीकरण भयो।

भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरमबीच एकीकरण गरेर समाजवादी पार्टी नेपाल गठन गरेका थिए। पछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच पार्टी एकता भयो। यी दुई पार्टीबीचको एकतापछि जनता समाजवादी पार्टी नेपाल गठन गरियो। अहिले भट्टराई अहिले जसपाको संघीय परिषद् अध्यक्ष छन्। dc नेपाल बाट साभार गरियको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय