नेपाली राजनिती,
नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मान’सिक सन्तु’लन गुमाएको जस्तो अभिव्यक्ति दिने गरेको आ’रोप लगाएकी छन् ।
विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले ओली यतिबेला विक्षिप्त भएकाले यस्ता खालका अभिव्यक्ति दिने गरेको बताएकी हुन् ।
‘हिजोसम्म हामी अदा’लतको निर्णय कुरेर बस्नु परेकाले अगाडि बढ्न सकेका थिएनौं, अब चाँडै प्रदेश सरकारको पनि टुंगो लगाउँछौं,’ उनले भनिन् ।
झाँक्री मोरङको बेलबारीमा युवा संघको कार्यक्रमलाई सम्बोधन गर्न आएकी हुन् । यता नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनदेखि नेकपा एमाले टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।
शनिबार हेटौँडामा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै आगामी निर्वाचनबाट एमाले टर्च बालेर खोज्नुपर्ने र अध्यक्ष केपी शर्मा ओली अहं’कारको घोडाबाट ख’स्ने उनले बताए ।
उनले भने, ‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहं’कारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् । उनीहरूको काम नै गा’ली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्बु’द्धि आओस्, मति सुध्रियोस् । हामी गल’त बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरू र हामीमा के फरक ?’
अध्यक्ष नेपालले आफ्नो पार्टीले कार्यकर्तालाई फूलको आँखाले हेर्ने तर, ओली काँडाको आँखाले हेर्ने गरेको पनि बताएका छन् । उनले भने, ‘ हामी फूलको आँखाले संसार हेर्छौं, केपी ओली काँडाको आँखाले संसार हेर्छन् ।’
प्रधानमन्त्रीमा रहँदा ओलीले प्रधानमन्त्रीको कुर्सी जो’खिम रहेकाले संसद विघ’टनको बाटो रोजेको पनि बताएका छन् । यदि, कुर्सी ताकिएको कुर्सी नै भाँच्ने ध’म्कि पनि ओलीले दिएको नेपालले बताए ।
उनले भने, ‘प्रधानमन्त्री जो’खिममा छ भन्ने लागेपछि प्रतिनिधिसभा वि’घटन गर्नुभयो । मेरो प्रधानमन्त्रीको कुर्सी ता’क्दै हुनुहुन्छ हैन भन्नुहुन्थ्यो । कुर्सी ताक्नुभयो भने कुर्सी नै भाँ’चि’न्छु भन्नुभएको थियो ।’तर, संसद विघट’न गरेर फेरि सत्तामा पुग्ने ओलीको त्यो सपना पूरा नभएको पनि उनले बताए ।यो खबर न्युज २४मा छ।