शुक्रबार , चैत्र १६, २०८०

पुरा खबर,

गतवर्ष नेपाली सिनेक्षेत्रमा ‘महानायक’ को हो भन्ने विषयमा ठूलो विवाद सिर्जना भएको थियो।

कलाकारहरु राजेश हमाललाई महानायक मान्ने कि नमान्ने भनेर दुई ध्रुवमा नै बाँडिएका थिए।

हाँस्यव्यंग्य कलाकार दिपाश्री निरौंलाले आफूले राजेश हमाललाई महानायक नमान्ने अभिव्यक्ति दिएपछि उनको लामो समय आलोचना भयो। ट्रोलको शिकार बनेपछि उनले रुँदै माफी नै मागेकी थिइन्।

यतिबेला पुनः सिनेक्षेत्रमा ‘महानायक–महानायिका’ वि वाद सतहमा आएको छ। सफल मानिएका नायक शिव श्रेष्ठले भुवन केसी नभएको भए नेपाली चलचित्र क्षेत्र जमनामै बन्द भइसक्ने अभिव्यक्ति दिएपछि यो विवाद पुनः सुरु भएको हो।

शिव श्रेष्ठका अनुसार गौरी मल्ल महानायिका हुन भने भुवन केसी महानायक। भुवन केसीलाई महानायक भनेपछि राजेश हमालका फ्यानहरु रुष्ट भएका छन्।

उनले भनेका छन्,‘नेपाली चलचित्रको सुपरस्टार भुवन केसी नभैदिएको भए चलचित्र क्षेत्र जमानामा बन्द भैसक्थ्यो।’ उनका अनुसार चलचित्र क्षेत्रको माह्वल बन्नुमा भुवन केसीको ठूलो हात रहेको छ।

‘त्यतिबेला कोही मान्छे जन्मिएको थिएन जतिबेला चलचित्र क्षेत्र धरापमा परेको बेला भुवनले करोडपति चलचित्र लिएर आउनुभयो। उहाँले करोडपति चलचित्र नल्याएको भए यो क्षेत्र सखाप भैसक्थ्यो’ उनी भन्छन्,‘आजसम्म चलचित्र क्षेत्रका लागि कसैले दिन नसकेको योगदान भुवन केसीले दिए।

पहिले आफै चलचित्र बनाएर हजारौंलाई रोजागरी दिनुभयो। आज फेरि चलचित्र क्षेत्रका लागि अनमोल केसी जन्माउनु भयो । मेरो छोरा पनि हिरो हो। तर, हिरो र कलाकारमा फरक हुन्छ । अनमोल केसी हिरो हो। आज हेर्नुहोस् त अनमोल केसी आएपछि चलचित्र क्षेत्रमा के–के भएको छ।’

यसअघि भुवन केसी र शिव श्रेष्ठले पनि राजेश हमालाई महानायक राजेश नै हो भन्ने गरेका थिए। यो खबर दैनिक नेपाल अनलाइनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय