शुक्रबार , बैसाख ७, २०८१

पुरा खबर

हरेक मानिसको आफ्नै शक्ति हुन्छ, जुन आफ्नै वरिपरि रहने र हामीद्धारा प्रयोग गरिएको वस्तुलाई पनि प्रभावित गर्छ ।

यस्तो अवस्थामा अरुको चिज प्रयोग गर्नु आफ्नो लागि दुर्भा ग्य र आर्थिक समस्याको कारण बन्न सक्छ ।

यदि कुनै पनि व्यक्तिले अरुको चीज आफ्नो साथमा राख्छ भने उसको सारा नकारात्मक-सकारात्मक शक्ति ऊसँगै जान्छ, जसले लियो । जानौँ के-के हुन् ति चिज ?

कलम – तपाईलाई याद छ, साथीलाई कति ओटा कलम मागेर फर्काउनु नै भएन ? यस्तै धेरै हुन्छ , कि कसैको कलम सापट लिएर फिर्ता दिनै भुलिन्छ । तपाईका लागि यस्तो नगर्नु राम्रो हुन्छ । आर्थिक समस्याको कारण बन्न सक्छ । त्यसैले भूलेर पनि कसैको कलम आफ्नो साथमा नराख्नुहोस् ।

रुमाल – अन्य व्यक्तिको रुमाल प्रयोग गर्नु दुई व्यक्तिबीच तनाव वा झगडाको कारण बन्छ । अरुको रुमाल प्रयोग गर्दा लगातार पैसाको नोक्सानको सामना गर्नु पर्ने हुनसक्छ ।

घडी – हातमा लगाइने घडीले व्यक्तिमा राम्रो अथवा नराम्रो शक्तिलाई सार्छ । दोस्रोको घडी लगाएमा काममा असफलता तथा आर्थिक नोक्सान हुनसक्ने हुन्छ ।

ओछ्यान – कुनै दोस्रो व्यक्तिको ओछ्यानमा सुत्नु पनि वास्तु दोष मानिन्छ । यसो गर्नाले सुत्ने व्यक्तिसँग सधै झगडा वा अन्य धनलाई लिएर समस्या बेहोर्नु पर्छ भनिन्छ ।

धन – कसैको धनमा आँखा लगाउनु वा सापटी लिएर फिर्ता नदिने गर्नु मानिसका लागि आर्थिक समस्याको कारण बन्नसक्छ । त्यसैले, कसैको सापट लिएपछि अवश्य फर्काउनुहोस् ।

कपडा – अर्कोको कपडा मागेर प्रयोग गर्नु पनि तपाईका लागि धेरै किसिमका समस्या र दुखहरुको कारण बन्न सक्छ । त्यसैले अरुको कपडा मागेर नलगाउनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।उज्यालो टायमबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय