बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इंगेज्मेन्ट गरेकी छन् ।

शरदले इन्दिरालाई हेलिकोप्टरमा खुम्बु पुर्याएर औंठी साटासाट गरेका हुन् ।

इन्दिराले शरदले आफूसँग बिहे प्रस्ताव राखेको र आफूले ओके भनेको आफ्नो फेसबुक स्टाटसमा पोस्ट गरेकी छन् । उनले शरदले आफूलाई औंठी लगाइदिएको विभिन्न तस्बिरहरूसमेत पोस्ट गरेकी छिन् ।

फेसन डिजाइनरका रूपमा कार्यरत शरद र इन्दिरा पछिल्लो दुई वर्षयता प्रेममा रहेको बताइन्छ ।

‘लूट’ फिल्मको आइटम गीत उध्रेको चोली….बाट चर्चामा आएकी गायिका इन्दिरासँग इंगेज्मेन्ट गरेका शरद पेसाले फेसन डिजाइनर हुन् । काठमाडौ, नक्सालमा फेसन स्टोर चलाइरहेका उनी विभिन्न नयाँ डिजाइनका डे«स तयार पार्न माहिर छन् ।

फेसन डिजाइनिङकै क्रममा करिब चार वर्षअघि इन्दिरा र शरदको भेट भएको थियो । व्यापारिक घराना केडिया ग्रुपका सदस्य शरद र इन्दिराबीचको मित्रता विस्तारै प्रेममा बदलिँदै गएको बताइन्छ । उनीहरूबीचको प्रेमको सामीप्यता यति बढ्यो कि उनीहरू दुई वर्षयता बुढानिलकण्ठस्थित एक अपार्टमेन्टमा सँगै बस्ने गरेकोसमेत उनीहरूका निकटवर्तीहरू बताउँछन् ।

विशेष गरी आइटम गीतका कारण चर्चामा छाउने गरेकी इन्दिरा पछिल्लो समय नेपाल आइडलकी एक निर्णायकका रूपमा समेत रहँदै आएकी थिइन् ।

शरद भने फेसन डिजाइनका कारण नेपाली महिला सेलिब्रेटीमाझ परिचित छन् । शरद र इन्दिराले बिहे चाहिँ कहिले गर्छन् ? त्यो भने अहिलेलाई गोप्य नै राखिएको छ । dcnepal बाट यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय