बिहिबार , बैसाख १३, २०८१

७ असोज,

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चो’र्ने प्रयास भएको छ ।

दरबार संग्रहालयमा अवलकोनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खु’कु’री निका’लेर सिसा फु’टाउन प्रयास गरेका थिए ।

तर, सोही क्रममा सुर’क्षामा खटिएका सेनाले उनलाई निय’न्त्रणमा लिएर प्रह’रीको जिम्मा लगाएको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

‘श्रीपेच बु’लेट प्रुफ सिसाभित्र छ, घर्तीले हातले प्र’हार गर्दा बु’लेट प्रुफ बाहिर रहेको सि’साको आवरण भने फुटेको छ । त्यसपछि उनले कोठाभित्र सोकेसमा राखिएको खु’कुरी झिकेर श्रीपेच निका’ल्न प्रयास गरेको देखिन्छ’ उनले भने ।

उनका अनुसार सेना सुरक्षा’का लागि लगातार खटिने भएकाले चो’रीको जो’खिम हुँदैन । ‘उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्छ,’ दाहालले भने, ‘उनको मानसिक अवस्था त्यति ठीक छैन कि भन्ने लागेको छ ।’

टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई निय’न्त्रणमा लिइएको महानगरीय प्रह’री परिसर काठमाडौंका प्रमुख प्र’हरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

‘राजा बन्छु’ भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फु’टाएर नि’काल्न खोजेपछि उनलाई नि’न्त्रणमा लिएको जानकारी आफूले पाएको एसपी सिंहको भनाइ छ । घर्तीलाई महानगरीय प्र’हरी वृत्त दरबार मार्गमा राखी आवश्यक अनुस’न्धान भइरहेको उनले बताए । यो खबर अनलाइन खबर मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय