नेपाली राजनिति,

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली माथि खनिएका छन्।

योङ कम्युनिष्ट लिग नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले ओली हरूवा र भगौडा भएको बताएका छन्।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ओलीलाई नेपालको महान् नेता बन्ने अवसर भए पनि उनको बु’द्धि नपुगेको प्रचण्डले तर्क गरे।

‘मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन। दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो,’ प्रचण्डले भने,‘तर गिदीमा गोब’र भरिएपछि के गर्ने!’केपी व्यक्ति नभएर द’म्भी, अ’हं’कारी, सा’मन्ती हि’न्दुवा’दी प्रवृत्ति भएको प्रचण्डले बताए।

ओलीले माओवादी र माओवादी नेतृत्वलाई स’खाप पार्न प्रतिनिधि सभा वि’घटन भएको प्रचण्डले बताए। ओलीको उक्त षड’य’न्त्रमा विदेशीहरूले साथ दिएको उनले बताए।

‘तर हामीले त्यसलाई हरायौं। नेकपा हुँदा केपीको प्रवृत्ति उजागर गरेर उनलाई पार्टी साधारण सदस्यबाट निकाल्यौं,’ प्रचण्डले भने,‘पछि पनि उनलाई बालुवाटारबाट बालकोट पुर्‍यायौं। हामी विजेता हौं। केपी ह’रूवा हो, भ’गौ’डा हो।’

मा’ओवादी यु’द्धका बेला प्रति’क्रिया’वादीहरूले आफूहरूलाई घे’रा हाल्ने’ र स’खाप पार्ने रणनीति बनाएजस्तै पछिल्लो समय ओलीले त्यस्तै कोशिश गरे प्रचण्डले बताए।

‘अहिले पनि ख’तरा टरिसकेको छैन। अहिले पनि हाम्रो गठ’बन्धनलाई टुटा’उन षड’य’न्त्र भइरहेका छन्। जस्तोसुकै त्या’ग गर्नु परे पनि हामीले अर्को चुनावसम्म अहिलको गठब’न्धनलाई टु’ट्न नदिने प्रतिव’द्धता जनाएका छौं,’ प्रचण्डले भने। यो खबर सेतोपाटीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय