शनिबार , बैसाख ८, २०८१

नेपाली राजनिती,

नेकपा एमाले विभाजन गरेर बनको नेकपा एस पार्टीकी नेतृ रामकुमारी झाँक्रीले फेरी वि’वादा’स्पद अभिव्यक्ती दिएकी छिन् ।

तत्का’लिन नेकपाकाल देखिनै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उग्र प्रशं’सक बनेर निस्कीएकी उनले एमाले विभाजन भएर नेकपा एस बनिसक्दा पनि प्रचण्ड प्रतिको मोह त्या’ग्न सकेकी छैनन्।

प्रच’ण्डको गुनगान गाउँदा आफ्नो पार्टीको अप’मान भएको समेत होस गुमाएकी छिन् झाक्रीले । अहिले माओवादी केन्द्र सँग एकता गर्नका लागी नेकपा एसको हैसियत नपुग्दै पुग्दै उनले देशभरका एस पार्टीका कार्यकर्तालाई खिन्न बनाएकी छिन्।

झाँक्रीका अनुसार अहिले नेकपा (एस) बामे सर्ने क्रममा रहेकोले आगामी निर्वाचनसम्म गठ’बन्धन सम्म हुनसक्ने तर प्रचण्डको पार्टीसंग एकीकरण गर्ने सम्भव छैन । नेकपा ९एस० अहिले सुरुवाती अवस्थामा रहेको तर माओवादी केन्द्र पार्टी स्थापित भईसकेकोले अहिले एकीकरण भन्ने सम्भव नरहेको सांसद झाँक्रीले जनाएकी छिन्।

पत्रकार ऋषि धमलासंगको अन्तर्वार्तामा सांसद झाँक्रीले भनिन्, ूमाओवादी केन्द्र पार्टी स्थिर भएको पार्टी हो तर हामी आफ्नो खुट्टामा टेकेको पनि छैनौ । सुरुवात गर्दैछौं त्यसैले जब सम्म हाम्रो पार्टी आफ्नो खुट्टामा उभिने हुन्छ संगठन देशभरि बलियो हुन्छ अनि मात्र हामीले एकीकरण बारे सोच्छौ । अहिले माओवादी केन्द्रसंग गठबन्धन वा सहकार्य मात्र हुन सक्छ।

रामकुमारी झाँक्रीका अनुसार प्रचण्डले गरेर आफूहरुले नेकपा एमाले फुटा’एर नयाँ दल दर्ता गरेको होईन । मिडियामा जे जस्तो हल्ला चलेपनि प्रचण्डले कहिल्यै पनि आफूहरुलाई एमाले पार्टी परित्याग गर्न कहिले पनि सुझाव नदिएको जनाएकी छिन् । आफु र प्रचण्डको भेटवार्तामा फु’ट्ने भन्दा पनि मिलेर काम गर्ने कुरा भएको उल्लेख गरेकी छिन्।

रामकुमारी झाँक्रीले यो गठब’न्धन फुटा’उन धेरैले कोशिस गरिरहेको तर प्रचण्ड र माधव नेपाल कुनै हालतमा फु’ट्न नदिन लागिपरेको बताएकी छिन् । प्रचण्डले बरु आफ्नो भागमा भएको दुई मन्त्रालय समेत अरु दललाई दिएर भएपनि यो गठबन्ध’नलाई आगामी चुनाव सम्म लैजानु पर्ने जोड दिएको कुरा उल्लेख गरेकी छिन्।

सांसद झाँक्रीले भनिन्, ‘प्रचण्ड जीले मलाई नै भन्नुभएको छ कि आफ्नो भागमा रहेको दुई मन्त्रालय बरु गठबन्धनमा रहेको अरु दलहरुलाई दिन तयार रहेको तर यो गठबन्धन कुनै हालतमा पनि फुट्न दिन हुन्न भनेर भन्नुभएको छ । त्यसैले जसले जे खेल खेलेपनि यो गठबन्धन आगामी निर्वाचन सम्म रहन्छ।

मन्त्रिपरिषद विस्तार गर्न गठबन्धनमा रहेका दलहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गरेनन् नि भन्दा नेता झाँक्रीले भनिन्, ‘हाम्रो तर्फबाट कुनै किसिमको असहयोग भएको छैन । प्रधानमन्त्री देउवालाई खुलेर काम गर्न भनेका छौं तर गठबन्धनमा धेरै दलहरु भएकाले सबैलाई मिलाएर लान खोज्दा ढिला भएको होला।’ यो खबर यहाँबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय