काठमाडौं।

नेपाली काँग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच च’र्काच’र्की भएको छ ।

बुधबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सभापति देउवा र नेता पौडेलबीच च’र्काच’र्की भएपछि देउवाले बीचमै बैठक छाडेका छन्।

पौने चार बजेबाट सुरु भएको बैठककमा वरिष्ठ नेता पौडेलले तीनवटा प्रस्ताव अघि सारेका थिए । त्यसमा एन आरएन चुनाव, असोज ९ गते हुने पालिका अधिवेसन सार्नुपर्ने र पार्टीबाट मन्त्री बनाउँदा आफूखुसी किन गरेको भन्दै देउवासँग जवाफ मागेका थिए।

पौडेलले प्रस्तावसहित जवाफ मागेपछि देउवा पनि झोक्कि’एका थिए । देउवा झो’क्किएपछि बैठक सुरु भएको केही बेरमै उठेर हिँड्न लागेका थिए । तर केही नेताले उनलाई समाएर बस्न आग्रह गरेका थिए।

त्यसपछि केही बेर बसेका देउवा पाँच दलीय गठबन्धनको बैठकमा जानुपर्ने भन्दै बैठकबाट निस्किएका थिए । देउवा निस्किएपछि पनि अरू नेताहरू बसेर महाधिवेशनसँग सम्बन्धित केही निर्णय गरेका छन्।साभार गरियको खबर । यता नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको सरकारले नियुक्ति गरेका राजदूत फिर्ता बोलाउने निर्णयप्रति आ’क्रोश व्यक्त गरेका छन् ।

राजदूत फिर्ता गर्ने निर्णयले वैदेशिक सम्बन्ध बिग्रि ने र देशको बेइ ज्जत हुने काम गरेको भन्दै उनले सरकारको आलो चना गरे।

नेकपा एमाले जिल्ला कमिटी बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै ओलीले आफूहरुले राजदूतमा पार्टीका कार्यकर्ता नभइ वैदेशिक मामिला सम्बन्धी जानकार, अनुभवी, अध्ययन गरेका र देशको लागि काम गर्न सक्ने व्यक्तिलाई पठाएकोे प्रष्ट्याए।

पूर्वप्रधानमन्त्री ओलीले नेकपा एमाले सरकारमा हुँदा विकास निर्माणका गतिविधि तिब्रगतिमा अगाडि बढेको दाबी गर्दै उनले विकासका कामहरू अगाडि बढाउन एमाले पार्टी नै चाहिने बताए।

वर्तमान सरकारले गति लिन नसकेको आरोप लगाउँदै उनले सरकारले पार्टी कार्यकर्तालाई जागिर खुवाउनेवाहेक अरु केही काम गर्न नसकेको आरोप लगाए।

‘हामीले कोभि’डको भया’वह अवस्थामा पनि तीव्र आर्थिक विकास गरेर जनतालाई विकासप्रति आशा जगाएका थियौँ’, उनले भने, ‘यो सरकारबाट कार्यकर्तालाई जागिर खुवाउन आयोग गठन गर्ने राजदूत फिर्ता बोलाउने बाहेक अरु काम भएको छैन।’

सरकारले को’भिडका कारण रोजगारी गुमाएका पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने कार्यक्रमप्रति व्यङ्ग्य गर्दै उनले भने, ‘५ लाखजना कसलाई १० हजार दिने ? ५ लाख माओवादी कार्यकर्तालाई १० लाख दिएर गरिबी घट्छ ?’

उनले एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै उनले अझै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए।

विकासको नेतृत्व, नाकाब’न्दीको सामना र ज्येष्ठ नागरिकलाई गरेको न्यायले नै जनमत एमालेप्रति आकर्षित भएको जिकिर गर्दै उनी एमाले अहिले प्रतिपक्षमा भएकाले चुनावसम्म धैर्य गरेर विजयको यात्राका लागि पार्टीका काममा उच्च मनोबलका साथ खट्न कार्यकर्तालाई निर्देशन दिए।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङको सभापतित्वमा भएको भेलामा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल, लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरी, उपाध्यक्ष खेममान खड्का, मोहम्मद हारुन हलवाईलगायतले बोलेका थिए । ओलीले बुधबार नै बर्दियाको गुलेरियामा आयोजित भेलालाई सम्बोधन गरेका थिए।कालापानी पोस्टबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय