बिहिबार , बैसाख १३, २०८१

काठमाण्डौ ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा आफ्नै सवारीबाट दिन नपाइने भएको छ ।

आफ्नो सवारीबाटै प्रयोगात्मक परीक्षा दिन सकिने व्यवस्था गरी यातायात व्यवस्था विभागले साउनबाट लागु हुने गरी २०७७ चैत १९ गते ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी गरेको थियो ।

तर विभागले गत भदौ ८ गते कार्यविधि संशोधन गरेर सो व्यवस्था हटाएको छ ।

अब परीक्षार्थीले ट्रायल सेन्टरमा निजी कम्पनीले राखेका थोत्रा सवारी चलाउनुपर्ने छ । ती कम्पनीले तोकेको महँगो शुल्क पनि यथावत रहने भएको हो ।

विभागले नयाँ कार्यविधि जारी गरेपनि लाइसेन्स कार्यालयहरुले पुरानो आवेदकहरुलाई पुरानै कार्यविधिअनुसार परीक्षा लिइरहेका छन् । नयाँ आवेदकहरुको हकमा भने ७० अंक ल्याए पास हुने नयाँ व्यवस्था लागु गर्ने तयारी छ ।

आफ्नै सवारी लैजाने सकिने कार्यविधि आएपछि त्यसबापत पैसा असुलिरहेका कम्पनीहरुले संशोधन गर्न दबाव दिएका थिए । शुरुमा संशोधन गर्न नचाहेको यातायात व्यवस्था विभाग व्यवसायीहरुको दबाबले ब्याक भएको बुझिएको छ।

अहिले ट्रायल सेन्टरहरुले एक परीक्षार्थीबाट सवारीको किसिमअनुसार २०० देखि ५०० रुपैयाँसम्म असुलि’रहेका छन् । यो खबर गण्डक न्युजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय