बुधबार , बैसाख १२, २०८१

पुरा खबर

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं.–१ का वडा अध्यक्ष गंगाराम सुनार एउटा विशेष कार्यक्रमका लागि राजधानी कै एक होटलमा सहभागी थिए ।

बुधबार बिहानैदेखि कार्यक्रममा सरिक भएका उनलाई १०:१५ तिर वडा कार्यालयकै लेन्डलाइन नम्बरबाट फोन आयो । उनले फोन रिसिभ गरे ।

फोन रिसिभ हुने बित्तिकै उनलाई तपाईं कार्यकक्षमा हुनुहुन्न् कता हुनुहुन्छ ? अहिले सम्म कार्यलयमा नआउने हो ? भनेर ध’म्की दिन थाले । वडा अध्यक्षले केही काम परे कार्यवाहक अध्यक्ष आउनुहुन्छ बस्दै गर्नुस् न म वडाकै कार्यक्रमका लागि यता होटेलमा छु भनेर जवाफ दिएर फोन राखे ।

उनले फेरि वडा अध्यक्षलाई फोन गरेर तपाइँ आउनुहुन्छ की वडा कार्यालय जलाइदिम ? भनेर ध’म्की दिए । त्यसपछि अध्यक्ष सुनारले वडा कार्यालयका कर्मचारीलाई फोन गरेर उनको काम गरिदिन निर्देशन दिए ।

‘यसको झण्डै १० मिनेटपछि वडा कार्यालयमा आगज’नी भयो भन्ने खबर आयो’ वडाअध्यक्ष सुनारले भने, ‘म अचम्मित छु ।’ उनले दिएको जानकारीअनुसार आगजनी गर्ने व्यक्ति सोही वडाका वास्तवमा लामिछाने हुन् ।

आगज’नीबाट वडाका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जले’र न’ष्ट भएका छन् । लामिछाने त्यो दिन बिहानैदेखि दुईचार जनालाई का’ट्नुछ भन्दै खुँ’डा बोकेर हिँडेका थिए ।

अध्यक्ष सुनारले भने, ‘हाम्रो कर्मचारी भाई अलि सानो हुनुहुन्छ । डरा’एर बाहिर बसे । त्यी व्यक्ति कार्यकक्षमा पसेर पे’ट्रोल छर्के’र आ’गो लगाइ’दिएछन् ।’ प्रहरीले लामिछानेलाई अहिलेसम्म नि’यन्त्रणमा लिन सकेको छैन ।

नगरप्रमुख देवकुमार सुवेदीले वडा कार्यालयको नि’रीक्षण समेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक कनकबहादुर शाहीले प्र’हरी घ’टनास्थलमा पुगेको र अ’नुसन्धान भइरहेको जानकारी दिए । यो खबर अनलाइन खबर बाट साभार गरियको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय