बिहिबार , चैत्र १५, २०८०

काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको गठ बन्धनलाई अपवित्रको संज्ञा दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै थापाले वर्तमान अप वित्र गठ बन्धन सरकारले भ्रष्टाचार र ब्रह्मलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको आ’रोप लगाएका छन्।

‘पूर्वा’धारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान ‘अपवित्र’ गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ।’, थापाले भनेका छन्।

उनले यस व्यवस्थाको विरो धगर्दै तत्काल फिर्ता लिन मागसमेत गरेका छन्। ‘भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको वि रोध र भ र्त्सना गर्दछु। यो निर्णय तत्काल फिर्ता गरियोस्।’,

थापाले भनेका छन्। यो खबर हिमाल पोस्टबाट साभार खुला राजनीतिमा आएपछि पहिलो पटक नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । शुक्रबार देखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरू भएको बैठकमा पत्रकारलाई भने प्रवेश निषेध गरिएको छ।

नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दी पुर गाउँ पालिका स्थित एक होटलमा हुन लागेको हो। बैठकमा सहभागी हुन सो पार्टीका महासचिव विप्लव बिहीबार बन्दीपुर पुगेका छन्।

बैठक यही असोज ५ गतेसम्म सञ्चालन हुने नेकपाका जिल्ला सचिव एटमले जानकारी दिए। बैठकका लागि रिसो र्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना आफैँले मेस चलाउने उनले बताए। बैठक हल होटल सञ्चालकले निःशुल्क उपलब्ध गराएको बताइएको छ।

बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन्। सो होटलमा केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी १५० जना बसेका छन्।

बैठक कक्षमा पत्रकारलाई प्रवेश नदिइने र बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था गरिएको एटमले जानकारी दिए। बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने भएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक केन्द्रीय समिति बैठक गर्न लागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय